NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Index Continues to Decline on Wednesday
    नेप्से परिसूचक बुधबार पनि घटेर बन्द
    Investor
    3 min read
    Published on March 19, 2025
    NEPSE trading

    नेप्से परिसूचक बुधबार पनि घटेर बन्दNEPSE Index Continues to Decline on Wednesday

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार पनि घटेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि लगातार ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा झरेको छ । यो गिरावटले बजारमा लगानीकर्ताहरुको मनोबल थप कमजोर बनेको देखिन्छ ।नेप्से परिसूचक २७०० को मनोवैज्ञानिक रेखाभन्दा तल झरेपछि लगानीकर्ताहरुमा थप अन्योलता छाएको छ। त्यहि कारण लगानीकर्ताले बजार हेर्नै छाडेका छन् ।

    नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन मंगलबार ४ अर्ब ३४ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ३११ स्टकको ५४ हजार ६२२ पटकको कारोबारमा ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँबराबरको ९५ लाख ८३ हजार कित्ता शेयर किनबेच भएको छ । कारोबार रकममा आएको यो वृद्धिले बजारमा प्यानिक सेलरहरु कम भएको र लगानीकर्ताहरु ‘वेट एन्ड वाच’को अवस्थामा रहेको संकेत गर्छ । कारोबार रकममा भएको वृद्धिलाई केही विश्लेषकले सकारात्मक संकेतको रुपमा लिएका छन् ।

    यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.३९ प्रतिशतले बढेको छ। सो कम्पनीको शेयरमूल्य १७० रुपैयाँले उकालो लागेर प्रतिकित्ता १ हजार ९८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । मंगलबार पनि यो कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशतले बढेको थियो, जसले लगानीकर्ताहरुको यो स्टकप्रति आकर्षण बढेको देखिन्छ । त्यस्तै, गरिमा समृद्धि योजनाको इकाईमूल्य साढे ७ प्रतिशतभन्दा बढी, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ७ प्रतिशतले बढेको छ। यी कम्पनीहरुको शेयरमूल्यमा आएको वृद्धिले बजारमा केही सकारात्मक संकेत देखाएको छ । यता, सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ९.२० प्रतिशतले घटेको छ ।

    मंगलबार पनि यो कम्पनीको शेयरमूल्य ८.२१ प्रतिशतले घटेको थियो, जसले यो स्टकमा लगानीकर्ताहरुको विश्वास कम भएको संकेत गर्छ । कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स यस दिन पनि शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २९ करोड ६७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । मंगलबार पनि यो कम्पनीले ३२ करोड ११ लाखको कारोबार गर्दै शीर्ष स्थानमा रहेको थियो । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे २३ करोड र नेपाल पुनर्बीमा कम्पनीको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। यी कम्पनीहरुमा लगानीकर्ताहरुको रुचि कायमै रहेको देखिन्छ ।

    १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक सामान्य बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचकमा सामान्य वृद्धि देखिएको छ। यी उपसमूहहरुले बजारमा थोरै भए पनि सकारात्मक प्रभाव पारेका छन् । यता, वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशतले घटेको छ। त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशतले ओरालो लागेको छ । यी उपसमूहहरुमा आएको गिरावटले समग्र बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ । लगानीकर्ताको मनोबल अत्यन्त कमजोर बन्दै गएको विश्लेषकहरुले बताएका छन्। बैंक ब्याजदर, अधिक तरलता, आन्तरिक र बाह्य अर्थतन्त्रका सूचकहरु सबल भए पनि बजारमा मनोवैज्ञानिक दबाब कायम रहेको छ। नेप्से परिसूचक २६८२.१५ विन्दुमा झरेपछि लगानीकर्ताहरुमा थप अन्योलता छाएको छ । केही विश्लेषकले बजार ‘बेयरिस’ ट्रेन्डमा नभई ‘साइडवेज’ ट्रेन्डमा रहेको दाबी गरेका छन्। उनीहरुका अनुसार प्यानिक सेल घट्दै गएको र बजारले किन्ने अवसर दिएको देखिन्छ। कारोबार रकममा आएको वृद्धि र प्यानिक सेलरहरुको कमीले यो दाबीलाई बल पु¥याउँछ । यसअघि प्रोफिट बुकिङबाट सुरु भएको नेप्सेको ओरालो यात्रालाई हालैका राजनीतिक अस्थिरताले थप प्रभावित बनाएको छ।

    सत्ता समीकरणको हल्लाले बजारमा अल्पकालीन प्रभाव पारेको कतिपय विश्लेषकको ठम्याइ छ। राजनीतिक अनिश्चितताले लगानीकर्ताहरुको विश्वासमा कमी आएको र बजारमा अस्थिरता बढेको उनीहरुको विश्लेषण छ। विश्लेषकहरुले सेयर बजार सधैं घट्ने मात्र नगर्ने र फेरि उकालो लाग्ने भन्दै लगानीकर्तालाई ढाडस दिएका छन्। निरन्तरको गिरावटले सेयरमूल्य सस्तो बनेको र आधारभूत पक्ष बलिया कम्पनीहरुमा योजनाबद्ध लगानीले भविष्यमा राम्रो प्रतिफल दिन सक्ने उनीहरुको सुझाव छ । विशेषगरी लाभांश क्षमता भएका कम्पनीहरुमा लगानी गर्न यो समय उपयुक्त रहेको विश्लेषकहरुको भनाइ छ ।

    निरन्तरको गिरावटका बाबजुद केही विश्लेषकले बजार अझै पनि ‘बुल रन’मै रहेको दाबी गरेका छन् । सेयरमूल्य सस्तो बन्दै गएको र लाभांश क्षमता भएका कम्पनीहरुमा लगानीको अवसर रहेको उनीहरुको विश्लेषण छ । तर, बजारको दिशा स्पष्ट नहुँदासम्म सतर्कता अपनाउन र ‘वेट एन्ड वाच’ रणनीति अपनाउन उनीहरुले सुझाएका छन् ।।

    अब लागौ टेक्नीकल विश्लेषण तर्फ

    प्राविधिक रुपमा बजार २६६ ० भन्दा तल नझरे सम्म सपोट मै रहेको टेक्नीकलका पण्डितहरुले बताएका छन् । उनीहरुका अनुसार बजार अत्यन्तै खराव पनि भएको छैन् । तर केहि हद सम्म बजार २७ सय भन्दा तल झरेपछि भने नेगेटिभको डर भने सबैमा देखिएको छ । तर प्यानिक सेल नभएका कारण र अपरेटर स्टक नवेचेका कारण बजार सकारात्मक हुने दावी गरिएको छ ।

    अब लागौ ब्रोकरको विश्लेषण तर्फ

    बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ब्रोकरहरुको कारोबार तथ्यांक हेर्दा ५८ नम्बरको ब्रोकर शीर्ष स्थानमा रहेको छ। ५८ नम्बरको ब्रोकरले कुल ६३ करोड ९२ लाख २०४ रुपैयाँको कारोबार गरेको छ, जुन बजारको कुल टर्नओभरको ६.२१४ प्रतिशत हो। यो ब्रोकरले ३३ करोड ८० लाखको खरिद र ३० करोड ११ लाखको बिक्री गरेको छ, जसको खरिद–बिक्री अनुपात (बाइ÷सेल रेसियो) १.१२३ रहेको छ।

    दोस्रो स्थानमा ४९ नम्बरको ब्रोकर रहेको छ, जसले ४२ करोड ३५ लाखको कारोबार गरेको छ। यो ब्रोकरको टर्नओभर बजारको ४.१२ प्रतिशत हो, तर खरिद–बिक्री अनुपात ०.९१८ रहेकोले बिक्रीको दबाब बढी देखिन्छ। तेस्रो स्थानमा ४२ नम्बरको ब्रोकरले ४१ करोड २ लाखको कारोबार गरेको छ, जुन बजारको ३.९८८ प्रतिशत हो।

    तथ्यांकले २८ नम्बरको ब्रोकरले सबैभन्दा उच्च खरिद–बिक्री अनुपात १.३८३ हासिल गरेको देखिन्छ, जसले १४ करोड ७१ लाखको खरिद र १० करोड ६७ लाखको बिक्री गरेको छ। यता, ४९ नम्बरको ब्रोकरले नेट होल्डिङमा १ करोड ८१ लाखको घाटा बेहोरेको छ। यो तथ्यांकले बजारमा बिक्रीको दबाब कायमै रहेको संकेत गर्छ।

    The Nepal Stock Exchange (NEPSE) index closed lower again on Wednesday, continuing its downward trend for the third consecutive trading day. The NEPSE index fell by 14.88 points, settling at 2,682.15. This decline has further weakened investor sentiment, with the index dropping below the psychological level of 2,700, adding to the uncertainty among investors. As a result, many investors appear to have stopped closely monitoring the market.

    Despite the drop in the NEPSE index, trading volume has increased. On Tuesday, the market saw transactions worth NPR 4.34 billion, while on Wednesday, 9.58 million shares of 311 stocks were traded in 54,622 transactions, amounting to NPR 5.14 billion. This rise in trading volume suggests a reduction in panic selling, with investors adopting a "wait-and-watch" approach. Some analysts view this increase in turnover as a positive signal.

    Among individual stocks, Mithila Laghubitta Bittiya Sanstha recorded the highest gain of the day, with its share price rising by 9.39%. The stock climbed NPR 170 to close at NPR 1,980 per share, following a 9.96% increase on Tuesday, indicating growing investor interest. Similarly, Garima Samriddhi Yojana’s unit price rose by over 7.5%, Bhugol Energy Development Company’s share price increased by 7.5%, and Green Development Bank’s share price gained 7%. These gains have injected some optimism into the market. Conversely, Samudayik Laghubitta Bittiya Sanstha saw the steepest decline, with its share price dropping 9.20%. This follows an 8.21% fall on Tuesday, signaling a loss of investor confidence in the stock.

    In terms of trading volume, Himalayan Reinsurance topped the list with NPR 296.7 million worth of shares traded, maintaining its leading position from Tuesday (NPR 321.1 million). Other notable performers included NRN Infrastructure and Development (NPR 235 million) and Nepal Reinsurance Company (over NPR 170 million), reflecting sustained investor interest in these companies.

    Of the 13 sub-indices, three showed marginal gains, while 10 declined. The hotel and tourism, mutual fund, and trading sub-indices posted slight increases, contributing some positive momentum. However, the finance sub-index fell the most, down 1.53%, followed by the life insurance sub-index, which dropped by over 1%. These declines have added to the broader negative pressure on the market.

    Analysts note that investor morale is at a low ebb, despite strong fundamentals such as bank interest rates, ample liquidity, and robust domestic and external economic indicators. The psychological pressure persists, with the NEPSE index at 2,682.15 fueling further uncertainty. Some analysts argue that the market is not in a "bearish" trend but rather a "sideways" one, pointing to reduced panic selling and opportunities for buying. The increase in trading volume and the absence of widespread panic selling support this view.

    The market’s downward trajectory, initially triggered by profit booking, has been exacerbated by recent political instability. Speculation around changes in the ruling coalition has reportedly created short-term disruptions, further eroding investor confidence and contributing to market volatility. Nevertheless, analysts reassure investors that the stock market will not decline indefinitely and is likely to rebound. They suggest that the current dip has made share prices attractive, particularly for fundamentally strong companies, and that planned investments in dividend-paying stocks could yield good returns in the future.

    Despite the ongoing decline, some analysts maintain that the market remains in a "bull run." They highlight that cheaper share prices and opportunities in dividend-capable companies make this a favorable time for investment. However, they advise caution and recommend a "wait-and-watch" strategy until the market’s direction becomes clearer.

    Technical Analysis

    From a technical perspective, experts suggest that the market remains in a support zone as long as it does not fall below 2,660. They argue that the market is not in an extremely negative state. However, with the index slipping below 2,700, there is growing concern about a potential negative shift. The absence of panic selling and the fact that operators have not offloaded stocks are cited as reasons for cautious optimism.

    Broker Analysis

    Among brokers, Broker No. 58 led the market on Wednesday with a turnover of NPR 639.2 million, accounting for 6.214% of the total market volume. This broker recorded NPR 338 million in purchases and NPR 301.1 million in sales, with a buy-sell ratio of 1.123. Broker No. 49 ranked second with NPR 423.5 million in transactions (4.12% of the market), though its buy-sell ratio of 0.918 indicates higher selling pressure. Broker No. 42 came in third with NPR 410.2 million (3.988% of the market).

    Broker No. 28 achieved the highest buy-sell ratio of 1.383, with NPR 147.1 million in purchases and NPR 106.7 million in sales. Meanwhile, Broker No. 49 recorded a net holding loss of NPR 18.1 million, suggesting persistent selling pressure in the market. These figures indicate a mixed dynamic, with some brokers showing confidence while others reflect caution.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026