नेप्से परिसूचकमा साप्ताहिक गिरावट : RSI ३८.६२ विन्दुमा
Author
NEPSE TRADING

नेप्से परिसूचक यस साताको अन्तिम कारोबार दिनमा २,७१९.७७ विन्दुमा बन्द भएको छ । यसअघि गएको साताको अन्त्यमा परिसूचक २,७८१ विन्दुमा रहेकामा यो सातामा ६१.२३ अङ्कले (२.२०%) घटेको हो।
उच्च–न्यून स्तर र कारोबार
साताभरि नेप्से परिसूचकले २,७९१.६७ विन्दुको उच्च र २,७०२.२५ विन्दुको न्यून स्तर छोयो। यस क्रममा ८९.४२ अङ्कको उतार–चढाव (volatility) देखियो। अघिल्लो सातामा यो उतार–चढाव ९४.११ अङ्क रहेको थियो।
आइतबारको कारोबार दिनमा मात्र ३१.७१ अङ्कको उच्चतम गिरावट भयो र सो दिन कारोबार रकम रु. ६ अर्ब ६ करोड पुगेको थियो। यसैगरी, साप्ताहिक कुल कारोबार रु. २५ अर्ब ४७ करोडमा सीमित रह्यो।
प्राविधिक सूचकांक
दैनिक चार्टअनुसार RSI (Relative Strength Index) ३८.६२ विन्दुमा छ भने साप्ताहिक चार्टमा RSI ४९.०७ विन्दुमा देखिएको छ। यसले बजारमा कमजोर मोमेंटम रहेको संकेत गरेको छ।
MACD सूचकाङ्क -२१.३२ विन्दुमा नकारात्मक क्षेत्रमा छ। MACD र सिग्नल लाइन दुवै नकारात्मक क्षेत्रमा रहेकाले बजारमा अझै बेच्ने दबाब (bearish momentum) कायम रहेको बुझिन्छ।
साथै, नेप्से परिसूचक हाल २० दिनको Exponential Moving Average (EMA) र ५ दिनको EMA भन्दा तल छ। छोटो अवधिको EMA भन्दा परिसूचक तल रहनु बजारमा प्रारम्भिक नकारात्मक भावनाको संकेत हो।

समर्थन र प्रतिरोध
विश्लेषकहरूको अनुमानअनुसार, २,७०० देखि २,६८० विन्दु नजिकै बजारलाई तत्कालीन समर्थन (support) बन्न सक्नेछ भने २,८६० देखि २,८२० विन्दुमा प्रमुख प्रतिरोध (resistance) रहनेछ।