
नेप्से परिसूचक २७ अंकले बढ्दै साताको अन्तिम कारोबारमा बजारमा उत्साह, कारोबार रकम ३ अर्ब नाघ्योNEPSE Index Rises 27 Points in Week’s Final Trading Session as Market Gains Momentum, Turnover Crosses NPR 3 Billion
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २७.४९ अंकले बढ्दै २७४५.६५ विन्दुमा पुगेको छ। अघिल्लो दिनको वृद्धि क्रमलाई निरन्तरता दिँदै बजारमा समग्र सकारात्मक माहोल देखिएको हो । यस दिन सेन्सेटिभ इण्डेक्स, फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि क्रमशः बढेका छन्। कारोबार रकम पनि बढेर ३ अर्ब २८ करोड ६८ लाख रुपैयाँभन्दा बढी पुगेको छ, जहाँ ३३५ स्टकको ७४ लाख ७८ हजार कित्ता शेयर ५३ हजारभन्दा बढी पटक किनबेच भएको छ। त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्दै सर्वाधिक बढ्ने कम्पनी बनेको छ भने होटल फरेष्ट इण्डको शेयर करिब ८ प्रतिशत र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर ६ प्रतिशतभन्दा बढीले बढेको छ। कारोबारमा आएको स्वाबलम्बन लघुवित्तको शेयर भने ६.५४ प्रतिशतले घटेको छ। उपसमूहगत रूपमा १३ मध्ये १२ उपसमूह बढेका छन्, जसमा वित्त उपसमूह १.८७ प्रतिशतले सर्वाधिक बढेको छ भने व्यापार उपसमूह स्थिर रहेको छ ।
On the last trading day of the week, the NEPSE index rose by 27.49 points to close at 2,745.65, extending the previous session’s upward trend and reflecting overall market optimism. Sensitive, float, and sensitive float indices also posted gains. Total turnover increased to over NPR 3.28 billion, with 74.78 lakh shares of 335 listed companies traded in more than 53,000 transactions. Trishuli Jalvidhyut Company saw its share price surge by 10%, while Hotel Forest Industries rose by nearly 8% and Suryakund Hydro Electric gained over 6%. In contrast, Swabalamban Laghubitta’s stock declined by 6.54%, making it the top loser. Among 13 sub-indices, 12 closed in the green, with the finance sub-index leading gains at 1.87%, while the trading sub-index remained unchanged.




