
नेप्से परिसूचक प्रि–ओपन सेसनमा ०.१५ अंकले उकालोNEPSE Index Rises Slightly by 0.15 Points During Pre-Open Session
काठमाडौं, असोज २८ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रि–ओपन सेसनमा बजार झिनो अंकले बढेको छ। बजार खुल्नुभन्दा अघि बिहान १०:३० देखि १०:४५ बजे सम्म चलेको प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.१५ अंकले बढेर २,५४७.७६ विन्दुमा पुगेको छ।
यस अवधिमा कुल २५ कम्पनीका शेयरहरू कारोबार भएका छन् भने ५ लाख ९७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। प्रि–ओपन सेसनमा ११ कम्पनीका शेयर मूल्य बढेका, १४ कम्पनीका घटेका र कुनै पनि कम्पनीको मूल्य अपरिवर्तित रहेको नेप्सेले जनाएको छ।
शीर्ष वृद्धि भएका कम्पनीहरू:
CREST – रु. १,१९४.९० (+२.००%)
ENL – रु. ९९५.५० (+२.००%)
SRLI – रु. ३८८.५० (+२.००%)
GBLBS – रु. ७२९.२० (+१.९९%)
UNHPL – रु. ४९६.७० (+१.९९%)
उच्च कारोबार भएका कम्पनीहरू:
AHL – रु. ७८,८४०
ENL – रु. ६९,६८५
ANLB – रु. ६१,३११
HIMSTAR – रु. ५७,६२०
NMIC – रु. ३९,०१५
नेप्सेले आजको मुख्य कारोबार सत्र बिहान ११ बजेबाट नियमित रूपमा सञ्चालन हुने जनाएको छ।

Kathmandu, October 14 — The Nepal Stock Exchange (NEPSE) index saw a slight gain during the pre-open session on Monday morning. The market, which remained open from 10:30 AM to 10:45 AM, increased by 0.15 points, bringing the NEPSE index to 2,547.76 points.
During the session, shares of 25 listed companies were traded, with a total turnover of Rs. 597,154.70. According to NEPSE, 11 companies’ share prices increased, 14 declined, and none remained unchanged.
Top Gainers:
CREST – Rs. 1,194.90 (+2.00%)
ENL – Rs. 995.50 (+2.00%)
SRLI – Rs. 388.50 (+2.00%)
GBLBS – Rs. 729.20 (+1.99%)
UNHPL – Rs. 496.70 (+1.99%)
Top Turnover Companies:
AHL – Rs. 78,840
ENL – Rs. 69,685
ANLB – Rs. 61,311
HIMSTAR – Rs. 57,620
NMIC – Rs. 39,015
NEPSE stated that the main trading session will commence at 11:00 AM as per the regular trading schedule.





