NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NEPSE Index Soars on First Trading Day, Driven by Lamichhane and Balen's Agreement
    नेप्से परिसूचकमा लामिछाने र बालेनको सम्झौतासँगै उल्लेखनीय वृद्धि
    Top
    2 min read
    Updated on December 28, 2025
    NEPSE TRADING

    नेप्से परिसूचकमा लामिछाने र बालेनको सम्झौतासँगै उल्लेखनीय वृद्धिNEPSE Index Soars on First Trading Day, Driven by Lamichhane and Balen's Agreement

    साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको अन्तिम दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएको बजार यस दिन भने उच्च अंक बढेर बन्द भएको हो।

    यस दिन राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बीच सम्झौता भएसँगै बजार बढेको जानकारहरु बताउँछन्। लामिछाने र शाह बीच लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति नै रहने र आगामी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा बालेन शाहलाई संसदीय दलको नेताको रुपमा अघि सारिने सम्झौता भएकोले त्यसको सकारात्मक प्रभाव यस दिनको बजारमा परेको जानकारहरुको भनाइ छ। राजनीतिक अन्योल र अस्थिरताका कारण सुस्त रहेको बजार, सरकारले तोकेको समयमा नै निर्वाचन हुने छनक पाएसँगै यस दिन बढेको विश्लेषण भइरहेको छ।

    आइतबार नेप्से परिसूचक ४७.५५ अंक बढेर २६३३.४२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंक बढेको छ।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ३ अर्ब २२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकका ८९ हजार २५१ पटकको कारोबारमा ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँबराबरको १ करोड ३४ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    यस दिन मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.४९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ६० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन मञ्जुश्री फाइनान्सको करिब साढे २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सिनर्जी पावर डेभलपमेन्टको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ।

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    The NEPSE index closed higher on the first trading day of the week. While the last two trading days of the previous week saw a modest rise, this day saw a significant increase in the index.

    According to market analysts, the rise in the market is attributed to the agreement between Ravi Lamichhane, President of the Rastriya Swatantra Party, and Balen Shah, Mayor of Kathmandu Metropolitan City. The agreement stipulated that Lamichhane would remain the central president of the Rastriya Swatantra Party, while Balen Shah would be promoted as the candidate for the upcoming prime minister. Analysts believe that this agreement positively influenced the market on this day. Following a period of sluggish market performance due to political uncertainty and instability, the announcement of the likely elections being held on time by the government provided a boost to the market.

    On Sunday, the NEPSE index increased by 47.55 points, reaching 2633.42. Similarly, the Sensitive Index rose by 8.25 points, the Float Index by 3.40 points, and the Sensitive Float Index by 2.87 points.

    Along with the NEPSE index, trading volume also increased on this day. The market saw a turnover of 5.53 billion Nepali Rupees, with 1,346,868 shares traded in 89,251 transactions across 328 stocks, compared to the previous trading day's turnover of 3.22 billion Nepali Rupees.

    On this day, Mid Solu Hydropower's share price saw the highest increase, rising by 9.49%. Similarly, Joshi Hydropower Development's share price increased by nearly 7%, and Upper Sange Hydropower's share price grew by more than 6%. On the other hand, the share price of Bin Nepal Laghubitta Financial Institution saw the largest decrease of 10%.

    In terms of turnover, Union Hydropower ranked at the top, with a turnover of 276 million Nepali Rupees. This was followed by Manjushree Finance, with around 245 million Nepali Rupees in turnover, and Synergy Power Development, which saw a turnover exceeding 220 million Nepali Rupees.

    On this day, all 13 sub-indices saw an increase. Among them, the Financial sub-index saw the highest increase of 2.70%. Additionally, the Development Bank and Other sub-indices rose by more than 2%, while the Banking, Hotels and Tourism, Hydropower, Investment, Life Insurance, Manufacturing and Processing, Microfinance, and Non-life Insurance sub-indices all saw an increase of more than 1%.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026