NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Index Turns Green: Gains in 12 Out of 13 Subgroups, Investor Confidence Returning
    नेप्से परिसूचक : १३ मध्ये १२ उपसमूहमा हरियाली, लगानीकर्तामा आत्मविश्वास फर्किंदै
    Investor
    2 min read
    Published on June 29, 2025
    NEPSE trading

    नेप्से परिसूचक : १३ मध्ये १२ उपसमूहमा हरियाली, लगानीकर्तामा आत्मविश्वास फर्किंदैNEPSE Index Turns Green: Gains in 12 Out of 13 Subgroups, Investor Confidence Returning

    आइतबारको बजारले नेपाली पूँजी बजारमा पुनः उत्साह ल्याएको छ। लगातार तीन दिनको गिरावटपछि आज नेप्से परिसूचक उल्लेखनीय २६.५३ अंकले वृद्धि भई २६२२.२८ विन्दुमा पुगेको छ। कारोबार रकम केही घटेर ७ अर्ब १२ करोड रुपैयाँमा सीमित भए पनि उपसमूहहरूमा देखिएको हरियालीले बजारमा सकारात्मकता देखिएको छ।

    आज १३ उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचकमा हरियाली आएको छ, जसमध्ये बैंकिङ्ग उपसमूहमा २ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ। लघुवित्त, विकास बैंक र अन्य उपसमूहमा पनि १ प्रतिशतभन्दा बढी वृद्धिको संकेत देखिएको छ। विपरीत, उत्पादन तथा प्रशोधन उपसमूह भने सामान्य गिरावटमा रह्यो।

    व्यक्तिगत रूपमा हेर्दा, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलसम्म पुगेको छ भने विन्ध्यवासिनी हाइड्रोपावरको मूल्य झण्डै ९% र माछापुच्छ्रे डिबेञ्चरको मूल्य ८% भन्दा बढीले बढेको छ। जोशी हाइड्रोपावर भने आजको सबैभन्दा ठूलो घट्ने कम्पनी रह्यो, जसको सेयर मूल्य ५.५७% ले घट्यो।

    कारोबार रकमका आधारमा साहस ऊर्जा लिमिटेड अग्रस्थानमा रह्यो, जसको सेयरमा ५७ करोड ८६ लाख रुपैयाँबराबरको कारोबार भयो। यसपछिका स्थानमा बुटवल पावर कम्पनी र युनियन हाइड्रोपावर रहेका छन्।

    प्रविधिक विश्लेषण: ब्रेकआउट संकेत, तर अल्पकालीन कमजोरी कायम

    टेक्निकल रूपमा हेर्दा, आजको बुलिस क्यान्डलले विगतका कमजोर पोजेटिभ क्यान्डलहरूमा ब्रेक ल्याएको देखिन्छ। बिहीबारको इन्भर्टेड ह्याम्बर क्यान्डलको हाईभन्दा माथि आजको क्लोज हुनु बजार रिभर्सलको संकेत हो। तर, कारोबार रकममा देखिएको गिरावट र अन्तिम १५ मिनेटमा ३ अंकको गिरावटले बजारमा अल्पकालीन कमजोरी अझै बाँकी रहेको देखिन्छ।

    विशेषगरी हाइड्रोपावर समूहको कारोबार हिस्साले ७०% बाट घटेर ६२% मा झर्दा बैंकिङ्ग, विकास बैंक र लघुवित्त उपसमूहको कारोबारमा वृद्धि देखिएको छ। बैंकिङ्ग उपसमूहको प्रदर्शन निर्णायक बन्न सक्ने अवस्थामा छ। यदि बैंक समूहमा टिकाउ मुभ देखियो भने बजार नयाँ ट्रेन्डमा प्रवेश गर्ने सम्भावना उच्च देखिन्छ।

    ब्रोकर विश्लेषण: बाई-सेल एक्टिभिटीले बजारको धर्को देखायो

    आजको १० ठूला ब्रोकरहरूमध्ये ६ ले बढी बाई गरेका छन् भने ४ ले बढी सेल गरेका छन्। ब्रोकर नं. ५८ ले ६४ करोडको कारोबारमा ३३ करोडको बाई र ३० करोडको सेल गरेको छ। त्यसैगरी ब्रोकर नं. ४२ ले ५६ करोडको कारोबारमा ३४.५५ करोडको बाई र २१ करोडको सेल गरेको छ। केही ब्रोकरहरूको बाई-स्प्रेड उच्च देखिएको छ, जसले बजारमा नयाँ लगानीकर्ताको प्रवेश वा इनसाइडर ट्रेन्डको संकेत दिन सक्छ।

    नेप्सेमा आएको सुधारले बजारमा सकारात्मक सन्देश दिएको छ। उपसमूहको हरियाली, प्रविधिक ब्रेकआउट र ब्रोकरको बाई प्राथमिकताले बजारमा ट्रेन्ड परिवर्तनको आधार तयार गरिरहेको देखिन्छ। यद्यपि, कारोबार रकमको गिरावट र अन्तिम समयमा देखिएको कमजोरीले सावधानी पनि जरुरी रहेको देखाउँछ। बैंकिङ्ग समूहको प्रदर्शन अबको बजार ट्रेन्डको मुख्य निर्धारणकर्ता बन्नेछ।

    The NEPSE index showed a strong rebound on Sunday, the first trading day of the week, rising by 26.53 points to close at 2,622.28. This comes after three consecutive sessions of decline. Although the total turnover slightly decreased compared to Thursday—from NPR 7.78 billion to NPR 7.12 billion—the overall market sentiment appeared positive, with 12 out of 13 subgroups closing in the green.

    The banking subgroup led the rally with a 2% gain, marking the highest increase among all categories. Development banks, microfinance, and others also posted over 1% growth. The only declining sector was manufacturing and processing.

    On the individual stock front, Saptakoshi Development Bank hit the upper circuit level, Bindhyabasini Hydropower surged nearly 9%, and Machhapuchchhre Bank Debenture 2085 saw over 8% gain. On the downside, Joshi Hydropower declined by 5.57%, making it the biggest loser of the day.

    In terms of trading volume, Sahas Urja Limited led the market with shares worth NPR 578.6 million traded. Butwal Power Company and Union Hydropower followed with trades worth over NPR 350 million and NPR 240 million respectively.

    Technical Analysis: Breakout Signals Emerging, but Caution Remains

    From a technical perspective, today’s bullish candle breaks the recent pattern of weak positive candles. The price closed above the high of Thursday’s inverted hammer candle, a classic signal of potential market reversal. However, despite the upward movement in prices, total turnover declined—showing some hesitancy in strong buying momentum.

    The hydropower sector's trading volume dropped from 70% to 62% of the total market share, while banking, development banks, and microfinance sectors saw increased activity. Historically, banking rallies tend to be short-lived, but if the banking index manages to sustain this move, NEPSE could enter a strong upward trend.

    A large bullish Marubozu candle also formed today, a pattern that often triggers overreaction in the market. The index dropped by 3 points during the last 15 minutes of trading, signaling short-term fragility. Still, if banking stocks avoid negative reactions tomorrow, a solid trend formation could be underway.

    Broker Activity Analysis: Buying Pressure Visible

    Out of the top 10 brokers by turnover today, 6 executed more buy trades than sell, while 4 focused more on selling. Broker number 58 led the day with NPR 640 million in total trades, out of which NPR 330 million were buys and NPR 300 million were sells. Similarly, Broker 42 recorded NPR 560 million in trades with NPR 345.5 million in buys and NPR 210 million in sells. Broker 34 had NPR 240 million in buys and NPR 270 million in sells.

    These numbers reflect active accumulation, especially by a few dominant brokers—indicating new investor entries or insider confidence in selective counters.

    Today’s NEPSE session sent a positive message to the market. Widespread gains across subgroups, bullish technical signals, and strong broker-side buying hint at a potential trend reversal. However, the decline in trading volume and a minor late-session dip suggests investors should remain cautious. Going forward, the performance of banking stocks will be a critical indicator of whether this recovery is sustainable or temporary.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026