NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Market Analysis: Profit Booking in Hydropower, Sideways Trend Continues, Mixed Broke...
    नेप्से  विश्लेषण: नाफा बुकिङ, साइडवेज बजार र ब्रोकरको गतिविधि
    Investor
    3 min read
    Published on June 16, 2025
    NEPSE TRADING

    नेप्से विश्लेषण: नाफा बुकिङ, साइडवेज बजार र ब्रोकरको गतिविधिNEPSE Market Analysis: Profit Booking in Hydropower, Sideways Trend Continues, Mixed Broker Activity

    पछिल्ला केही दिनदेखि जलविद्युत् क्षेत्रका ठूला कम्पनीहरूमा लगानीकर्ताले नाफा बुकिङ गर्न थालेपछि सेयर बजारमा दबाब देखिएको छ। विशेषगरी सोमबार बजार खुलेको सुरुको दुई घण्टासम्म नेप्से सूचक सकारात्मक देखिए पनि पछि बजारमा व्यापक गिरावट आएपछि सूचक फेरि तल झर्न बाध्य भयो। यसले बजारमा अनिश्चितता कायम रहेको स्पष्ट देखिन्छ।

    आजको बजारमा होटल तथा पर्यटन उपसमूहमा लगानीकर्ताको आकर्षण देखियो। यो उपसमूहको सूचक साढे ४ प्रतिशतले बढ्दा अरु अधिकांश उपसमूहमा सामान्य वृद्धि देखियो। कुल १३ उपसमूहमध्ये ८ उपसमूह हरियो रहे भने ५ उपसमूह रातो देखिए। वित्त उपसमूहमा सबैभन्दा धेरै १.२२ प्रतिशतको गिरावट आयो, जसले वित्तीय कम्पनीहरूमा लगानीकर्ताको चासो घट्दै गएको संकेत गर्छ।

    नेप्से परिसूचक आज २.८० अंकले बढेर २६५८.६६ विन्दुमा बन्द भएको छ। अघिल्लो दिन आइतबार पनि बजार ०.४७ अंकले वृद्धि भएको थियो। तर, आजको मुख्य विशेषता भनेको कारोबार रकमको उल्लेखनीय वृद्धि हो। ३१८ स्टकमा १ लाख ५ हजारभन्दा बढी पटकको कारोबार हुँदै १३ अर्ब १८ करोड रुपैयाँभन्दा धेरैको कारोबार भयो, जुन अघिल्लो दिनको भन्दा २ अर्ब बढी हो।

    आज पियोर इनर्जी र पिपुल्स पावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। पियोर इनर्जी सूचीकृत भएदेखि लगातार उकालो लागिरहेको छ भने पिपुल्स पावरले हालै ५० प्रतिशत हकप्रद सेयर समायोजन गरेपछि मूल्यमा उछाल आएको हो। त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा साढे ८ प्रतिशतको वृद्धि आएको छ भने अप्पर हेवाखोला हाइड्रोपावरको सेयर मूल्यमा साढे ७ प्रतिशतको गिरावट देखियो।

    कारोबार रकमको आधारमा सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको कारोबार ९५ करोड रुपैयाँ नाघ्यो। त्यसपछि क्रमशः ङादी ग्रुप पावर (९० करोड+) र बुटवल पावर कम्पनी (५८ करोड+) दोस्रो र तेस्रो स्थानमा रहे। यसले देखाउँछ कि हाल जलविद्युत् कम्पनीहरूमा नै लगानीको आकर्षण केन्द्रित छ।

    बजारमैत्री संकेतहरू—जस्तै नयाँ गभर्नर नियुक्ति, बैंक ब्याजदरको गिरावट, र सेयर धितो कर्जामा जोखिम भार घटाएर १०० प्रतिशतमा ल्याइएकोजस्ता—सकारात्मक भए पनि बजार अझै साढे २६०० अंक वरपर नै अड्किएको छ। नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म १ खर्ब २५ अर्ब रुपैयाँको सेयर धितो कर्जा प्रवाह भइसकेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३५ अर्बले बढी हो। यति सकारात्मक संकेत हुँदाहुँदै बजारले प्रगति नदेखाउनु लगानीकर्ताको विश्वासमा कमजोरी भएको संकेत हो।

    प्राविधिक रूपमा हेर्दा सोमबारको बजार निर्णायक मोडमा देखिएको छ। लगातार दोस्रो दिन इन्भर्टेड ह्याम्बर क्यान्डल बनेको छ, जुन बजारको अस्थिरता र संभावित गिरावटको संकेत हो। पछिल्ला तीन–चार दिनको क्यान्डल विश्लेषण गर्दा नेप्सेले २० र ५० दिने मुभिङ एभरेज ब्रेक गर्न संघर्ष गरिरहेको स्पष्ट देखिन्छ। यसले बजारले बलियो ब्रेकआउट गर्न सकिरहेको छैन भन्ने देखाउँछ।

    दोस्रो सत्रमा केही ठूला जलविद्युत् कम्पनीहरूमा डबल टप को रियाक्सन देखिँदा बजारमा सप्लाई प्रेशर थपिएको छ। त्यस्तै, टर्नओभर डिस्ट्रीब्युसन अघिल्ला दिनझैँ देखिनु संस्थागत वा अनुभवी लगानीकर्ताहरूले मुनाफा बुकिङ गरिरहेको संकेत दिन्छ। यद्यपि, ४ महिनायता सबैभन्दा धेरै कारोबार भएको दिन भएकाले तरलता भने अझै बजारमा छ।

    अब ब्रोकरहरूको गतिविधि हेर्ने हो भने, आजको बजारमा टप १० ब्रोकरमध्ये ५ ब्रोकरले बाई बढी गरेका छन् भने ५ ले सेल बढी गरेका छन्। ब्रोकर नं. ५८ ले सबैभन्दा धेरै कारोबार गर्दै १.४० अर्ब रुपैयाँ बराबरको कारोबार गर्‍यो। उसले ६४.०८ करोड बाई र ७६.७७ करोड सेल गरेको देखिन्छ। ब्रोकर नं. ४५ ले १.२४ अर्बको कारोबार गर्दै ६६.३३ करोड बाई र ५७.९१ करोड सेल गरेको छ। त्यस्तै, ब्रोकर नं. ४२ ले १.०१ अर्बको कारोबार गर्दै बाई र सेल लगभग बराबर गरेको छ। ब्रोकर नं. ३४, ४२, र १७ ले सेल नै बढी गरेको देखिन्छ।

    समग्रमा हेर्दा बजारमा अझै तरलता कायम छ तर विश्लेषकहरूसमेत बजारको स्पष्ट दिशा नदेखिँदा लगानीकर्तामा अन्योलता छ। प्राविधिक रूपमा बजार निर्णायक मोडमा रहेकाले लगानीकर्ताले सतर्कता अपनाउनु अत्यावश्यक देखिन्छ।

    In recent days, profit booking has been observed in some major companies within the hydropower sector, causing noticeable pressure on the Nepal Stock Exchange (NEPSE) index. Although the market showed positive momentum during the first two hours of trading on Monday, a decline in heavyweight stocks dragged the index downward later in the day. This reflects continued uncertainty in the market.

    Today, the hotel and tourism sub-index attracted investor attention, surging by more than 4.5%, while most other sectors saw only marginal gains. Out of 13 sectoral indices, 8 closed in green, while 5 ended in red. The finance sub-index recorded the highest decline of 1.22%, indicating reduced investor confidence in financial institutions.

    The NEPSE index closed with a marginal gain of 2.80 points at 2,658.66. On Sunday, the market had seen a slight gain of 0.47 points. However, the standout highlight of today was the significant increase in total turnover. Over 318 stocks were traded through more than 105,000 transactions, with the total turnover exceeding NPR 13.18 billion — a sharp rise compared to the previous day's NPR 11 billion+.

    Two companies hit the upper circuit level today — Pure Energy and People's Power Ltd. Pure Energy has been rallying continuously since its listing, while People's Power saw a boost following its recent 50% rights share adjustment. On the flip side, shares of Upper Hewakhola Hydropower dropped by more than 7%, while Corporate Development Bank saw a gain of 8.5%.

    In terms of trading volume, Sanima Mai Hydropower topped the list with over NPR 950 million in turnover, followed by Ngadi Group Power (NPR 900 million+) and Butwal Power Company (NPR 580 million+), signaling ongoing investor interest in the hydropower sector.

    Despite positive economic cues—such as the appointment of a market-friendly central bank governor, declining interest rates, and the reduction of share loan risk weight to 100%—the NEPSE index remains stuck around the 2,600 level. According to Nepal Rastra Bank, share mortgage loans reached NPR 125 billion by the end of Baisakh, which is NPR 35 billion higher than the same period last year. Yet, investor sentiment remains subdued, raising concerns about declining confidence in the market.

    From a technical analysis perspective, the market appears to be at a critical juncture. An inverted hammer candlestick pattern has formed for the second consecutive day, signaling caution. Failure to break above the previous high confirms market weakness. The NEPSE index is also struggling to break through the 20- and 50-day moving averages, indicating a lack of strong upward momentum.

    In the second half of the session, some large-cap hydropower stocks reacted to a double-top formation, triggering supply pressure. Turnover distribution patterns remain consistent with previous sessions, indicating that institutional or experienced investors are still actively booking profits. However, the fact that today saw the highest turnover in the past four months shows that liquidity is still present in the market.

    Looking into broker activities, among the top 10 brokers, 5 recorded more buying than selling, while the other 5 had more selling pressure. Broker No. 58 topped trading with NPR 1.40 billion in turnover — purchasing shares worth NPR 640.8 million and selling NPR 767.7 million. Broker No. 45 traded NPR 1.24 billion, with NPR 663.3 million in buy volume and NPR 579.1 million in sell volume. Broker No. 42 executed NPR 1.01 billion in trades with nearly equal buy and sell volumes. Brokers 34, 42, and 17 showed higher selling activity.

    In summary, while the market is still liquid, overall investor sentiment remains cautious. Even analysts are uncertain about the market's direction. Technically, NEPSE is at a decisive point and needs a strong breakout above key resistance levels to restore investor confidence. Until then, caution is advised.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026