NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Market Recovery: After 3-Day Fall, Bullish Reversal Pattern Expected
    नेप्सेमा सुधारको संकेत : तीन दिनको गिरावटपछि बजारमा आशा पलायो, डोजी क्यान्डल बनेपछि ‘बुलिश रिभर्सल’ को सम्भावना
    Investor
    2 min read
    Published on August 4, 2025
    NEPSE TRADING

    नेप्सेमा सुधारको संकेत : तीन दिनको गिरावटपछि बजारमा आशा पलायो, डोजी क्यान्डल बनेपछि ‘बुलिश रिभर्सल’ को सम्भावनाNEPSE Market Recovery: After 3-Day Fall, Bullish Reversal Pattern Expected

    पछिल्लो तीन दिनको लगातार गिरावटपछि सोमबारको कारोबार दिन नेप्से परिसूचकले दोहोरो अंकको सुधार देखाएको छ। साउन १३ गते ३०२० विन्दु छोएको बजार त्यसपछिका तीन दिन १४३ अंकले घटेर आइतबार २८५८.९० विन्दुसम्म झरेको थियो। सोमबार भने बजार १६.४६ अंकले उकालो लाग्दै २८७५.३६ विन्दुमा बन्द भएको छ।

    विश्लेषकहरूका अनुसार, बजारको यो गिरावट सामान्य ‘करेक्शन’ चरणको हिस्सा मात्र थियो। अल्पकालीन लगानीकर्ताहरूको मुनाफा बुकिङ र ३००० विन्दुलाई प्राविधिक प्रतिरोध मानिएकोले बिक्री चाप बढ्दा बजार ओरालो लागेको हो। सोमबारको सुधारले भने बजार फेरि लयमा फर्कन सक्ने सम्भावनाको संकेत दिएको छ।

    यद्यपि बजार बढेको भए पनि सोमबारको कारोबार रकम घटेको छ। आइतबार १३ अर्ब ७ करोड बराबरको कारोबार भएको थियो भने सोमबार १० अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ। १३ उपसमूहमध्ये ७ उपसमूह हरियो रहे भने ६ उपसमूह रातो रहन पुगेका छन्, जसले बजारमा केही सन्तुलन देखाएको छ।

    मौलिक पक्षहरू सुधारात्मक

    राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बजारमैत्री वातावरण बनाएको छ। छोटो अवधिको निक्षेपको ब्याजदर २.७५% मा झरेको छ। तरलता पर्याप्त छ, र वाणिज्य बैंकहरूले लगानीका लागि नयाँ क्षेत्र खोजिरहेका छन्। यस्तै, व्यक्तिगत सेयर धितो कर्जाको सीमा १५ करोडबाट २५ करोड पुर्याइएकोले शेयर खरिद गर्ने क्षमतामा वृद्धि भएको छ।

    साथै, धेरै कम्पनीहरूले गत त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै छन्, जसमा नाफा बढेको देखिएको छ। लगत्तै लाभांश घोषणा हुने अनुमानले पनि बजारमा उत्साह थपेको छ। यी सबै कारणले बजारले पुनः पुरानो उचाइ पार गर्ने अपेक्षा गरिएको छ।

    ISIN विवादको असर

    सीडीएससीले संस्थापक र सर्वसाधारण शेयरलाई फरक ISIN नम्बर दिन थालेपछि बजारमा अन्योल बढेको थियो। यस विवादले बजारमा केही दिन अनिश्चितता सिर्जना गरेको हो। तर दीर्घकालीन लगानीकर्ताले यस्तो अस्थिरतालाई अवसरको रूपमा लिएका छन्।

    प्राविधिक विश्लेषण : डोजी क्यान्डलपछि 'मर्निङ स्टार' को सम्भावना

    सोमबार बजारमा डोजी क्यान्डल बनेको छ, जसले अनिश्चितता र सम्भावित रिभर्सलको संकेत गर्छ। यदि मंगलबारको दिन बुलिश मरुबोजु क्यान्डल बनेमा, बजारले ‘मर्निङ स्टार प्याटन’ पूरा गर्नेछ — जुन एक बलियो ‘बुलिश रिभर्सल सिग्नल’ हो।

    पछिल्लो दिन बजारमा ब्यरिश मरुबोजु बनेको थियो। सोमबार बनेको डोजी क्यान्डलले त्यसमा ब्रेक दिएको छ। यदि मंगलबार बजार २८९० विन्दु माथि क्लोज गर्न सफल भयो भने, बजारको ट्रेन्ड फेरि उकालो लाग्ने पक्का हुनेछ। तर यदि बजार घट्यो भने आजको 'लो' २८३२ विन्दुमा सपोर्ट पाउने सम्भावना विश्लेषण गरिएको छ।

    बजारको संरचना : दीर्घकालीन लगानीकर्ताको आगमन?

    सोमबारको बजार गतिविधिमा मिड क्याप, हाई क्याप, र बैंकिङ्ग समूहमा उल्लेख्य सुधार देखिएको छ। विश्लेषकहरूका अनुसार, यसले दीर्घकालीन सोच राख्ने लगानीकर्ताहरू बजारमा भित्रिएको संकेत दिन्छ। यसले बजारलाई थप स्थायीत्व दिन सक्छ।

    शीर्ष गेनर र कारोबार

    • सिक्लेस हाइड्रोपावर: ५.७३% ले बढ्दै शीर्षमा

    • श्वेतगंगा हाइड्रो र विन्ध्यवासिनी हाइड्रो: करिब ५% वृद्धिदर

    कारोबार रकम अनुसार:

    कम्पनी

    कारोबार रकम

    हिमालयन रि इन्स्योरेन्स

    ५५ करोड ९६ लाख

    शिवम् सिमेन्ट्स

    ४३ करोड+

    हिमालयन डिस्टिलरी

    ३७ करोड+

    सिजनल असर : साउन-भदौको बुल ट्रेन्ड

    साउन र भदौ महिना सामान्यतया शेयर बजारको ‘बुल सिजन’ मानिन्छ। विगतका वर्षमा पनि यही समयमा बजारले उच्च उचाइ लिएको थियो। २०७८ सालको भदौमा नेप्से ३२०० विन्दु पार गर्दै नयाँ रेकर्ड बनाएको थियो। विश्लेषकहरूको धारणा अनुसार, हाल बजारमैत्री नीति, लाभांशको तयारी, र लगानीकर्ताको मनोविज्ञानले बजारलाई पुनः उचाइतर्फ लैजाने सम्भावना बलियो देखिन्छ।

    नेप्से बजार अहिले ‘टेक्निकल सपोर्ट जोन’ नजिक छ। सोमबारको सुधार र बनेको डोजी क्यान्डलले बजारमा रिभर्सलको संकेत दिएको छ। मर्निङ स्टार प्याटन बन्ने हो भने बजार नयाँ ट्रेन्डमा प्रवेश गर्नेछ। मौद्रिक नीति, वित्तीय रिपोर्टहरू, कर्जासम्बन्धी निर्णय, र सिजनल ट्रेन्ड मिलेर बजारलाई पुरानो रेकर्ड तोड्न उकास्न सक्छ। तर लगानीकर्ताले सतर्क रहँदै प्राविधिक र मौलिक आधारमा निर्णय लिनु आवश्यक छ।

    अबको बजारले २८९० माथि क्लोज गरे ‘बुलिश कनफरमेशन’ मानिनेछ, र ३०५० विन्दु पार गरेपछि ३२०० विन्दु नजिक पुग्ने बाटो खुल्नेछ।

    After a continuous three-day decline, the NEPSE index showed a double-digit recovery on Monday. On Saun 13 (July 29), NEPSE had reached a recent high of 3020 points but subsequently dropped by 143 points over the next three trading days, falling to 2858.90 on Sunday. However, Monday's market closed 16.46 points higher at 2875.36, providing a sense of relief to investors.

    Analysts suggest this recent decline was merely a technical correction. Profit booking from short-term investors and the psychological resistance around the 3000 level created downward pressure on the market. Monday’s rebound now signals the potential for a trend reversal and renewed momentum.

    Despite the uptick, trading volume shrank on Monday. The total turnover declined from NPR 13.07 billion on Sunday to NPR 10.92 billion. Out of 13 sub-indices, 7 closed higher while 6 declined, showing partial market balance.

    Fundamental Positives Driving Optimism

    The recent monetary policy by Nepal Rastra Bank (NRB) is seen as market-friendly. The interest rate on short-term deposits has dropped to 2.75%, and banking liquidity is ample. Commercial banks are exploring new sectors for credit flow, with the stock market becoming an increasingly attractive avenue.

    Furthermore, NRB increased the margin loan cap from NPR 15 crore to NPR 25 crore, enabling investors to borrow more against shares. Public companies are actively publishing their Q4 financial reports, with many reporting improved earnings. This has raised expectations of upcoming dividend announcements, which could inject further bullish sentiment into the market.

    ISIN Dispute Adds to Uncertainty

    The recent controversy over different ISIN codes for promoter and public shares by CDSC has added temporary confusion and hesitation in the market. However, long-term investors have seen this as a short-term disruption and are using the correction as a buying opportunity.

    Technical View: Doji Formed, Morning Star in Sight

    A Doji candle formed on Monday, indicating market indecision. If a bullish marubozu candle forms on Tuesday, a Morning Star pattern—a strong bullish reversal signal—could be confirmed.

    On Sunday, the market had formed a bearish marubozu candle. Monday's Doji indicates the selling pressure might be weakening. If the market closes above 2890, it will reinforce bullish confirmation. On the downside, 2832 is expected to act as immediate support.

    Market Composition Hints Long-Term Interest

    Monday's upward move was led by large-cap, mid-cap, and banking sector stocks. Analysts believe this suggests the entry of long-term investors who are positioning ahead of potential dividend announcements and bullish policy momentum.

    Top Gainers and Turnover Leaders

    Top Gainers:

    • Sikles Hydropower: +5.73%

    • Shwet Ganga Hydro & Construction

    • Bindhyabasini Hydropower: ~+5%

    Top Turnover:

    Company

    Turnover (NPR)

    Himalayan Reinsurance

    55.96 crore

    Shivam Cements

    43+ crore

    Himalayan Distillery

    37+ crore

    Seasonal Factor: Saun–Bhadra Bull Trend

    Traditionally, Saun and Bhadra (July–September) are considered bullish months for NEPSE. In 2078 BS, the NEPSE index hit an all-time high of 3200 points during Bhadra. With strong fundamentals, technical support, and market-friendly policy, analysts expect the index to test and potentially break past previous records.

    NEPSE is currently hovering near a key technical support zone. Monday’s Doji candle indicates a possible trend reversal. If the Morning Star pattern is confirmed with a strong bullish candle on Tuesday and a close above 2890, momentum will strengthen. If the index breaks the 3050 resistance, it could move toward the 3180–3230 range.

    With supportive monetary policy, improved financials, raised credit limits, and historical bullish trends in Saun–Bhadra, NEPSE seems poised for a potential breakout. Despite short-term volatility, long-term prospects remain positive. Investors are advised to make informed decisions based on technical levels and fundamental strength.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026