NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Market Update: Technical Analysis and Trading Insights
    नेप्से परिसूचक सामान्य अंक बढेर बन्द
    Investor
    2 min read
    Published on November 17, 2025
    NEPSE TRADING

    नेप्से परिसूचक सामान्य अंक बढेर बन्दNEPSE Market Update: Technical Analysis and Trading Insights

    साताको दोस्रो कारोबार दिन, नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन, अर्थात् आइतबार, सामान्य अंक घटेर बन्द भएको नेप्से, सोमबार सामान्य अंक बढेर बन्द भएको हो । सोमबार नेप्से परिसूचक ९.७८ अंकले वृद्धि गर्दै २५५०.३६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.४३ अंक र फ्लोट इण्डेक्स ०.७१ अंक बढेका छन्। सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंकले वृद्धि गरेको छ । नेप्से परिसूचकको वृद्धिसँगै यस दिनको कारोबार रकम पनि सामान्य बढेको छ। आइतबार ३ अर्ब ८९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा, सोमबार ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँबराबरको ८८ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। सोमबार ३३५ स्टकको ६१ हजार ६३५ पटकको कारोबार भएको थियो । यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बन्दीपुर केबलकार एण्ड टुरिजम, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र झापा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका हुन्। साथै, ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशत र जोशी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशत बढेको छ। कारोबारमा आएको भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा, साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ३६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम १६ करोड नाघेको छ । समग्रमा, १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.५० प्रतिशत बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । निर्जीवन बीमा र अन्य उपसमूहमध्ये परिसूचक सामान्य घटेको छ ।

    अब लागौ प्रविधिक विश्लेषण तर्फ

    आजको नेप्से बजारले एक महत्वपूर्ण संकेत दिएको छ, जहाँ बजारले पछिल्लो १२ क्यान्डलको अवधिमा उच्च उच्च बनाउन सकेको छैन । यस दिनको क्यान्डल पनि हिजोको उच्च स्तरमै पुगेको देखिन्छ, जुन बजारको घट्दो ट्रेण्डमा साइडवेज हिड्ने कोसिसको संकेत हो। यो अवस्थामा बजार एकुमुलेसनको चरणमा प्रवेश गरेको हुनसक्छ, तर बजारको टर्नओभरले अझै यसको साथ दिइरहेको छैन । आजको क्यान्डललाई एक सकारात्मक “बुलिश सेंटिमेन्ट“ क्यान्डलको रूपमा हेर्न सकिन्छ, जुन साइडवेज र डाउन्ड्रेन्डको क्रममा बनेको “स्पिनिङ्ग टप“ क्यान्डल हो। विशेष गरी, यस क्यान्डलको रंग हरियो रहेकोले, यसलाई टेक्निकल्ली केही पोजेटिभ मान्न सकिन्छ। यद्यपि बजारलाई उच्च उच्च बनाउनको लागि अझै मिहिनेत गर्नु पर्नेछ ।

    विश्लेषक अजित खनालका अनुसार बजार मिडल ब्यान्डभन्दा तल रहेको छ र च्क्क्ष् पनि न्यूट्रल जोनभन्दा तल नै रहेको छ । कारोबारको हिसाबले, आज थोरै समयपछि हरियो क्यान्डलमा कारोबारको आकार बढेको देखियो, तर बजार खुल्दा नै सस्तो र स्लो लयमा थियो, जसमा खासै ठूलो अपडाउन देखा परेन । आजको हाई २५५५ विन्दुमा बनेको थियो, जुन बजारको उच्चतम स्तर रह्यो, तर त्यसपछि बजारमा खासै मुमेन्टम देखिएन । अन्तिम १० मिनेटमा कारोबारको आकार राम्रो देखियो, र हाईड्रोको कारोबार हिस्सा ५०% भन्दा तल झरेको थियो। उत्पादन र लगानी क्षेत्रको कारोबार हिस्सा केही बढेको देखिन्छ। ब्रोकरको कारोबारको दृष्टिले, १० ठुला ब्रोकरमध्ये ६ वटाले बेचेको भन्दा किनेको धेरै देखिन्छ ।

    On the second trading day of the week, the NEPSE index closed with a modest gain. After a slight decline on Sunday, the index saw an increase of 9.78 points on Monday, reaching 2550.36. Similarly, the Sensitive Index rose by 1.43 points, while the Float Index increased by 0.71 points. The Sensitive Float Index also grew by 0.47 points.

    Along with the increase in the NEPSE index, trading volume also saw a slight rise. On Sunday, the market recorded a trading value of NPR 3.89 billion, while on Monday, this value increased to NPR 3.94 billion, with 88,93,000 shares traded in 61,635 transactions. Four stocks hit the positive circuit level, including Bandipur Cable Car & Tourism, Sagar Distillery, Bungal Hydro, and Jhapa Energy. Additionally, the share prices of Green Development Bank and Joshi Hydropower increased by approximately 9% and 8%, respectively, while the share price of Geography Energy Development Company dropped by 9.99%.

    Based on trading volume, Sahas Urja topped the list with NPR 18.36 million in traded shares, followed by NRN Infrastructure & Development with over NPR 16.5 million, and Shivam Cements, which saw more than NPR 16 million in transactions. Out of the 13 subgroups, 11 saw an increase in their index, while 2 experienced a decline. The Development Bank subgroup saw the highest increase of 1.50%, while the Hotels and Tourism subgroup rose by more than 1%. On the other hand, the Life Insurance and Other subgroups showed a slight decrease in their indices.

    Technical Analysis:

    Today, the NEPSE market showed an important technical signal. Over the past 12 candles, the market has failed to make higher highs (HH), with today's candle closing at the same level as yesterday's high. This indicates that the market is attempting to stay in a sideways trend after a downtrend. This could suggest the market is entering an accumulation phase, but the turnover still lacks the necessary support for a sustained move.

    The current candle can be seen as a positive "bullish sentiment" candle, particularly as it forms a "spinning top" pattern in the sideways and downtrend phase. The fact that it is green adds a technical positive aspect, but for the market to confirm higher highs, more effort will be needed.

    According to analyst Ajit Khanal, the market is currently below the middle band, and the RSI is still below the neutral zone. In terms of trading activity, there was a slight increase in the trading volume during the green candle formation, but the market opened in a slow and sluggish manner with no significant up or down movements. The highest point of the day was 2555, which remained the day’s peak, but after that, there was no significant momentum. However, in the final 10 minutes of trading, the volume increased, and the trading share of Hydro stocks dropped below 50%. The production and investment sectors saw a slight increase in trading share.

    Looking at the trading activities of the top 10 brokers, six out of them had bought more than they sold, signaling a potentially positive sentiment for the market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026