नेप्से परिसूचक सामान्य अंक बढेर बन्द
Author
NEPSE TRADING

साताको दोस्रो कारोबार दिन, नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन, अर्थात् आइतबार, सामान्य अंक घटेर बन्द भएको नेप्से, सोमबार सामान्य अंक बढेर बन्द भएको हो । सोमबार नेप्से परिसूचक ९.७८ अंकले वृद्धि गर्दै २५५०.३६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.४३ अंक र फ्लोट इण्डेक्स ०.७१ अंक बढेका छन्। सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंकले वृद्धि गरेको छ । नेप्से परिसूचकको वृद्धिसँगै यस दिनको कारोबार रकम पनि सामान्य बढेको छ। आइतबार ३ अर्ब ८९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा, सोमबार ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँबराबरको ८८ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। सोमबार ३३५ स्टकको ६१ हजार ६३५ पटकको कारोबार भएको थियो । यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बन्दीपुर केबलकार एण्ड टुरिजम, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र झापा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका हुन्। साथै, ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशत र जोशी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशत बढेको छ। कारोबारमा आएको भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा, साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ३६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम १६ करोड नाघेको छ । समग्रमा, १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.५० प्रतिशत बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । निर्जीवन बीमा र अन्य उपसमूहमध्ये परिसूचक सामान्य घटेको छ ।
अब लागौ प्रविधिक विश्लेषण तर्फ
आजको नेप्से बजारले एक महत्वपूर्ण संकेत दिएको छ, जहाँ बजारले पछिल्लो १२ क्यान्डलको अवधिमा उच्च उच्च बनाउन सकेको छैन । यस दिनको क्यान्डल पनि हिजोको उच्च स्तरमै पुगेको देखिन्छ, जुन बजारको घट्दो ट्रेण्डमा साइडवेज हिड्ने कोसिसको संकेत हो। यो अवस्थामा बजार एकुमुलेसनको चरणमा प्रवेश गरेको हुनसक्छ, तर बजारको टर्नओभरले अझै यसको साथ दिइरहेको छैन । आजको क्यान्डललाई एक सकारात्मक “बुलिश सेंटिमेन्ट“ क्यान्डलको रूपमा हेर्न सकिन्छ, जुन साइडवेज र डाउन्ड्रेन्डको क्रममा बनेको “स्पिनिङ्ग टप“ क्यान्डल हो। विशेष गरी, यस क्यान्डलको रंग हरियो रहेकोले, यसलाई टेक्निकल्ली केही पोजेटिभ मान्न सकिन्छ। यद्यपि बजारलाई उच्च उच्च बनाउनको लागि अझै मिहिनेत गर्नु पर्नेछ ।
विश्लेषक अजित खनालका अनुसार बजार मिडल ब्यान्डभन्दा तल रहेको छ र च्क्क्ष् पनि न्यूट्रल जोनभन्दा तल नै रहेको छ । कारोबारको हिसाबले, आज थोरै समयपछि हरियो क्यान्डलमा कारोबारको आकार बढेको देखियो, तर बजार खुल्दा नै सस्तो र स्लो लयमा थियो, जसमा खासै ठूलो अपडाउन देखा परेन । आजको हाई २५५५ विन्दुमा बनेको थियो, जुन बजारको उच्चतम स्तर रह्यो, तर त्यसपछि बजारमा खासै मुमेन्टम देखिएन । अन्तिम १० मिनेटमा कारोबारको आकार राम्रो देखियो, र हाईड्रोको कारोबार हिस्सा ५०% भन्दा तल झरेको थियो। उत्पादन र लगानी क्षेत्रको कारोबार हिस्सा केही बढेको देखिन्छ। ब्रोकरको कारोबारको दृष्टिले, १० ठुला ब्रोकरमध्ये ६ वटाले बेचेको भन्दा किनेको धेरै देखिन्छ ।


