NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Nears Support Zone After 143-Point Drop in 3 Days, Investors Hope for Rebound
    नेप्सेमा तीन दिनमा १४३ अंकको गिरावट, बजार सपोर्ट जोन नजिक, पुन: उकालो लाग्ने आशा
    Investor
    2 min read
    Published on August 3, 2025
    NEPSE TRADING

    नेप्सेमा तीन दिनमा १४३ अंकको गिरावट, बजार सपोर्ट जोन नजिक, पुन: उकालो लाग्ने आशाNEPSE Nears Support Zone After 143-Point Drop in 3 Days, Investors Hope for Rebound

    नेप्सेमा पहिरो
    नेप्से परिसूचक पछिल्ला तीन दिनमा १४३ अंकले ओरालो लागेको छ, जसले अल्पकालीन बजारमा दबाव सिर्जना गरेको छ। साउन १३ गते मंगलबार नेप्से ३ हजार २ विन्दु पुगेर पछिल्लो उच्चतम विन्दुमा पुगेको थियो। त्यसपछि क्रमशः बुधबार ४८ अंक, बिहीबार ३१.५ अंक र आइतबार ६३.७३ अंकले घट्दै कुल १४३ अंकको गिरावट आएको हो। यो झण्डै ५ प्रतिशतको करेक्शन हो।

    ३ हजारको मनोवैज्ञानिक प्रतिरोध
    विश्लेषकहरूका अनुसार, ३ हजार विन्दु लामो समयदेखि एक बलियो प्रतिरोधको रूपमा रहँदै आएको छ। यो विन्दु नजिक पुग्नासाथ धेरै अल्पकालीन लगानीकर्ताले मुनाफा बुकिङ गर्न शेयर बिक्री गर्ने गर्छन्। यही कारण बजारले ३००० माथि टिक्न सकेन।

    कारोबार रकम घट्दो, लगानीकर्ता सतर्क
    आइतबारको दिन बजारको कारोबार रकम १३ अर्ब ७ करोड रुपैयाँमा झर्‍यो, जुन अघिल्लो दिनको १५.९८ अर्बको तुलनामा उल्लेखनीय गिरावट हो। लगानीकर्ताहरू बजारको प्रष्ट दिशा नआएसम्म प्रतिक्षा गर्ने रणनीतिमा देखिएका छन्।

    १३ उपसमूह सबै घटे, बजारमा नकारात्मक धारणा
    नेप्सेका सबै १३ वटा उपसमूहहरू आइतबार घटेका थिए। ‘अन्य’ उपसमूह ३.४८% ले घट्दा लघुवित्त ३% भन्दा बढीले घटेको छ। बैंकिङ्ग, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन सबै उपसमूहमा २% भन्दा बढीको गिरावट आएको छ, जसले समग्र बजार धारणा कमजोर देखाउँछ।

    वित्तीय विवरण सुधारिए पनि लाभांशको आशा
    चौथो त्रैमासको अन्त्यसँगै सूचीकृत कम्पनीहरूले वित्तीय विवरण सार्वजनिक गरिरहेका छन्। प्रारम्भिक विवरण अनुसार धेरै कम्पनीहरू नाफामा देखिएका छन्। नाफा, इपीएस, नेट इनकममा सुधार आएसँगै लाभांश घोषणाको लहर सुरु हुने अपेक्षा गरिएको छ।

    मौद्रिक नीतिले शेयर बजारलाई प्रोत्साहन
    नेपाल राष्ट्र बैंकको हालै सार्वजनिक मौद्रिक नीतिमा ब्याजदर स्थिरता, तरलता व्यवस्थापन र वित्तीय सुदृढीकरणका बुँदाहरू समावेश छन्, जसले शेयर बजारमा सकारात्मक मनोविज्ञान सिर्जना गरेको छ।

    सिजनल ट्रेन्डले पुन: उकालोको आशा
    इतिहास हेर्दा साउन र भदौ शेयर बजारको लागि सिजनल बलियो महिना हुन्। भदौ २०७८ मा नेप्सेले ३२०० विन्दु पार गरेको थियो भने गत वर्षको साउनमा पनि ३००० विन्दु टेकेको थियो। यस आधारमा लगानीकर्ता बजार फेरि उकालो लाग्ने आशामा छन्।

    आइतबारको दिन ट्रेड टावर र शिव श्री हाइड्रोपावर सकारात्मक सर्किटमा कारोबार भए। थ्रि स्टार हाइड्रोपावर ४.५% ले बढ्दा सान्भि इनर्जी नकारात्मक सर्किटमा झर्‍यो।

    शीर्ष कारोबार स्टकहरू

    • नेपाल पुनर्बीमा कम्पनी : रु ७५.३९ करोड

    • हिमालयन रि इन्स्योरेन्स : रु ७१ करोड

    • हिमालयन डिस्टिलरी : रु ५९ करोड

    प्राविधिक विश्लेषण : बजार टेवा नजिक
    टेक्निकल एनालिस्टहरूका अनुसार, बजारले ३०००–३०५० विन्दुको प्रतिरोध तोड्न नसके तलतिर २७५०–२८०० विन्दुको सपोर्ट क्षेत्रमा टिक्नेछ। हाल नेप्से २८५८ विन्दुमा रहेकाले बजार टेवा नजिकै छ र यहाँबाट डेग्लअप हुने सम्भावना उच्च छ।

    ब्रोकर विश्लेषण : ६ ब्रोकर सेल, ४ ब्रोकर बाई
    आइतबारको बजारमा शीर्ष १० ब्रोकरमध्ये ६ वटा ब्रोकरले तुलनात्मक रूपमा बढी सेल गरेका छन् भने ४ वटा ब्रोकरले तुलनात्मक रूपमा बढी बाई गरेका छन्। यसले बजारमा मिश्रित भावना देखाउँछ।

    NEPSE Plunges Sharply
    The NEPSE index witnessed a steep fall of 143 points over the last three trading days, signaling short-term bearish sentiment. On Tuesday (Shrawan 13), the index touched a recent high of 3,002 points. However, it declined by 48 points on Wednesday, 31.5 points on Thursday, and 63.73 points on Sunday — a total correction of nearly 5%.

    Psychological Resistance at 3000
    Market analysts indicate that the 3000 level has long served as a psychological resistance. Many short-term investors booked profits near this level, which triggered further selling pressure. As a result, the market failed to sustain above 3000.

    Falling Turnover Reflects Caution
    On Sunday, total market turnover dropped to NPR 13.07 billion, a sharp fall from Thursday's NPR 15.98 billion. The declining turnover highlights investor caution as many adopt a wait-and-see approach until a clear trend emerges.

    Broad-Based Decline Across Sub-Indices
    All 13 sectoral sub-indices closed in the red. The "Others" index fell the most at 3.48%, followed by Microfinance (over 3%), and over 2% declines in Banking, Investment, Life Insurance, and Manufacturing sectors, signaling a market-wide negative sentiment.

    Financial Reports Bring Hope
    With Q4 earnings season underway, most listed companies have reported positive results, showing improvement in net profit, EPS, and income. This has raised expectations of upcoming dividend announcements, which could support market recovery.

    Policy Support from Monetary Policy
    The newly announced monetary policy includes several market-friendly provisions such as interest rate stability, liquidity management, and financial system strengthening. These are expected to gradually improve investor sentiment in the coming weeks.

    Historical Trend Suggests Optimism
    Historically, Shrawan and Bhadra months are bullish for NEPSE. In Bhadra 2078, the index crossed 3200, while in Shrawan last year, it hovered near 3000. This seasonal pattern has kept investors hopeful for an upward rebound.

    Selective Stocks Still Performing
    Despite the correction, some stocks hit positive circuit levels—namely Trade Tower and Shiv Shree Hydropower. Three Star Hydropower rose by 4.5%, while Sanvi Energy hit a lower circuit, showing mixed investor interest.

    Top Stocks by Turnover

    • Nepal Reinsurance: NPR 75.39 crore

    • Himalayan Reinsurance: NPR 71 crore

    • Himalayan Distillery: NPR 59 crore

    Technical Analysis: NEPSE Close to Demand Zone
    Technical analysts suggest that if NEPSE fails to break resistance between 3000–3050, it could retest the support zone between 2750–2800. The index currently stands at 2858, indicating proximity to a strong demand zone and a possible rebound.

    Broker Activity Shows Mixed Sentiment
    Among the top 10 brokers, 6 were net sellers, while 4 showed relatively higher buy activity. This shows divided sentiment—some positioning for a rebound, others staying cautious.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026