·
नेप्सेले शेयर कारोबार खोल्ने तयारीमा, बजार सञ्चालकहरुसँग छलफल सुरु
Author
NEPSE TRADING

मुलुकको अवस्था सामान्य हुँदै गएसँगै नेप्सेले शेयर कारोबार पुनः सञ्चालन गर्ने तयारी थालेको छ। यसका लागि नेप्सेले बजार सञ्चालक निकायहरुसँग छलफल सुरु गर्ने भएको हो। पछिल्लो बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै नेप्सेले असोज २ गते बिहीबारसम्म कारोबार बन्द गर्ने निर्णय गरेको थियो। तर अवस्था सहज हुँदै गएपछि कारोबार पुनः खोल्ने सम्भावनाबारे छलफल गर्न सिडिएस एण्ड क्लियरिङ्ग, ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकर्ससँग परामर्श गरिने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिएका छन्।