NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Publishes List of 123 Companies Eligible for Margin Trading; Service to Begin from B...
    नेप्सेले सार्वजनिक गर्‍यो मार्जिन कारोबारका लागि योग्य १२३ कम्पनी, वैशाख २ देखि सेवा सुरु हुने
    Investor
    2 min read
    Published on April 1, 2026
    NEPSE TRADING

    नेप्सेले सार्वजनिक गर्‍यो मार्जिन कारोबारका लागि योग्य १२३ कम्पनी, वैशाख २ देखि सेवा सुरु हुनेNEPSE Publishes List of 123 Companies Eligible for Margin Trading; Service to Begin from Baisakh 2

    काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य ठहरिएका १२३ सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको छ। ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ अनुसार आवश्यक मापदण्ड पूरा गरेका कम्पनीहरूलाई छनोट गरी सूची सार्वजनिक गरिएको हो, जसले पूँजी बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।नेप्सेका अनुसार अब ती कम्पनीहरूको शेयर धितो राखेर लगानीकर्ताले ब्रोकरमार्फत ऋण (मार्जिन लोन) लिएर थप शेयर खरिद–बिक्री गर्न सक्नेछन्। कार्यप्रक्रियाको दफा ९ अनुसार उक्त सूची कार्यान्वयनमा ल्याइनेछ, जसले लगानीकर्तालाई सीमित पूँजीमा पनि बढी कारोबार गर्ने अवसर प्रदान गर्नेछ।मार्जिन कारोबारका लागि योग्य कम्पनी छनोट गर्दा पर्याप्त बजार पूँजीकरण, उच्च तरलता, सार्वजनिक सेयर हिस्सा (पब्लिक फ्लोट), नाफा र सकारात्मक नेटवर्थ जस्ता मापदण्डलाई आधार बनाइएको छ। साथै, नियमित रूपमा वित्तीय विवरण सार्वजनिक गर्ने र नियामक निकायको कारबाही वा निगरानीमा नपरेका कम्पनीहरू मात्र सूचीमा समावेश गरिएको नेप्सेले जनाएको छ।नयाँ सूचिमा सबै वाणिज्य बैंक समेटिएका छन् भने ११ विकास बैंक सूचीमा अटाएका छन् र ६ विकास बैंक बाहिरिएका छन्। वित्त कम्पनीतर्फ ११ समावेश हुँदा ७ कम्पनी बाहिरिएका छन्। लघुवित्त क्षेत्रबाट १७ कम्पनी, जीवन बीमा कम्पनी १२ र निर्जीवन बीमा कम्पनी ११ समेटिएका छन्। ऊर्जा क्षेत्रतर्फ भने २४ जलविद्युत कम्पनी मात्र योग्य ठहरिएका छन्। बीमा समूहअन्तर्गत हिमालयन रिइन्स्योरेन्स समावेश हुँदा नेपाल रिइन्स्योरेन्स भने यसपटक सूचीबाट बाहिरिएको छ।मार्जिन कारोबारले लगानीकर्तालाई कम पूँजीमा ठूलो लगानी गर्ने अवसर दिने भए पनि जोखिम उच्च हुने भएकाले नियामक निकायले समय–समयमा सूची परिमार्जन गर्दै आएको छ। यसले बजारमा अवसरसँगै जोखिम व्यवस्थापनको आवश्यकता पनि बढाउने देखिन्छ।यसैबीच, स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आगामी वैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याउने जनाएको छ। एसोसिएसनले विज्ञप्ति जारी गर्दै योग्य ब्रोकरमार्फत उक्त सेवा उपलब्ध गराइने जानकारी दिएको हो।ब्रोकरहरूले आफ्नै कार्यप्रक्रिया तयार गरी अन्तिम चरणको तयारी पूरा गरिसकेको जनाइएको छ। केही प्राविधिक पक्ष मिलाउन बाँकी रहे पनि वैशाख २ देखि सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ। उक्त सुविधामार्फत लगानीकर्ताले आफ्नो शेयर धितो राखेर ऋण लिएर थप कारोबार गर्न सक्नेछन्।नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ र नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ यसअघि नै जारी गरिसकेको अवस्थामा अब यसको कार्यान्वयनसँगै नेपाली पूँजी बजारमा नयाँ युग सुरु हुने अपेक्षा गरिएको छ। https://www.nepalstock.com/api/nots/news/notice/fetchFiles/58b9968c2a4c721ddc2be46b327f1895.pdf
    Kathmandu — The Nepal Stock Exchange (NEPSE) has published a list of 123 listed companies eligible for margin trading under the “Margin Trading Facilitation Procedure, 2082.” The list includes companies that meet the required criteria, marking a significant step toward expanding trading mechanisms in Nepal’s capital market.According to NEPSE, investors will now be able to pledge shares of these companies as collateral and obtain loans through brokers (margin loans) to buy and sell additional shares. The provision will be implemented as per Clause 9 of the procedure, enabling investors to leverage their capital for higher market participation.Companies included in the list have been selected based on factors such as sufficient market capitalization, high liquidity, adequate public float, profitability, and positive net worth. In addition, only those companies that regularly publish financial statements and are not under regulatory action or surveillance by the Securities Board of Nepal have been included.The updated list covers all commercial banks. It also includes 11 development banks, while 6 development banks have been excluded. In the finance sector, 11 companies are included and 7 have been left out. Similarly, 17 microfinance institutions, 12 life insurance companies, and 11 non-life insurance companies are part of the list. In the hydropower sector, 24 companies have qualified for margin trading. Notably, Himalayan Reinsurance has been included, while Nepal Reinsurance has been excluded this time.While margin trading provides investors the opportunity to invest more with limited capital, it also carries higher risk. Regulators have emphasized that the list will be reviewed and updated periodically to maintain market stability and discipline.Meanwhile, the Stock Brokers Association of Nepal has announced that margin trading services will officially commence from Baisakh 2. In a statement issued on Tuesday, the association confirmed that the facility will be available through eligible brokers.Although most preparations have been completed, some technical aspects are still being finalized. Once operational, the facility will allow investors to leverage their existing holdings to expand their trading positions.The Securities Board of Nepal has already issued the “Margin Trading Directive, 2082,” while NEPSE has introduced the corresponding operational procedure. With the implementation set to begin soon, the move is expected to usher in a new phase in Nepal’s stock market development. https://www.nepalstock.com/api/nots/news/notice/fetchFiles/58b9968c2a4c721ddc2be46b327f1895.pdf

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026