·

दुई दिनको गिरावटपछि नेप्सेमा मजबुत सुधार, कारोबार रकम पनि बढ्यो

Author

NEPSE TRADING

दुई दिनको गिरावटपछि नेप्सेमा मजबुत सुधार, कारोबार रकम पनि बढ्यो

दुई दिनको निरन्तर गिरावटपछि सोमबार सेयर बजारमा सुधार देखिएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा बन्द भयो। यससँगै सेन्सेटिभ, फ्लोट तथा सेन्सेटिभ फ्लोट इण्डेक्स पनि बढेका छन्। बजार बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो दिन ५ अर्ब १ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३३५ स्टकको ८४ हजारभन्दा बढी कारोबारबाट ६ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। यस दिन ६ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किटमा कारोबार भयो भने अधिकांश अन्य कम्पनीहरूमा पनि मजबुत सुधार देखियो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहँदा सबै १३ उपसमूहका परिसूचक हरियाली देखिए, जसमा उत्पादन तथा प्रशोधन, विकास बैंक र होटल तथा पर्यटन उपसमूहले उल्लेख्य वृद्धि गरे।

Related News