·

नेप्सेले सूचीकृत कम्पनीहरूलाई असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन अनुरोध

Author

NEPSE trading

नेप्सेले सूचीकृत कम्पनीहरूलाई असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन अनुरोध

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई आव २०८१–८२ को नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको छ। नेप्सेले प्रकाशित गरेको सूचनामा तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा १० प्रतिशत जरिवाना लाग्ने र सूचीकरण स्थगन गर्न सकिने चेतावनी दिएको छ।

नवीकरण शुल्क विवरण:

  • ५० करोडसम्म चुक्ता पूँजी भएका कम्पनीहरू: वार्षिक नवीकरण शुल्क रु ५०,०००।

  • ५० करोडभन्दा माथि चुक्ता पूँजी भएका कम्पनीहरू: वार्षिक नवीकरण शुल्क रु १,००,०००।

  • डिबेञ्चर र म्युचुअल फण्डहरू:

    • ५० करोडसम्म: रु २५,००० नवीकरण शुल्क।

    • ५० करोडभन्दा माथि: रु ५०,००० नवीकरण शुल्क।

कम्पनीहरूले समयमै नवीकरण शुल्क बुझाउनुपर्नेमा नेप्सेले जोड दिएको छ, अन्यथा जरिवाना लाग्नसक्ने र सूचीकरण स्थगित हुनसक्ने जनाएको छ।

Related News