
नेप्से बढ्दा कारोबार रकम पनि उकालोNEPSE Rises Along with Trading Volume
साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा पुगेको छ भने कारोबार रकम पनि वृद्धि भएको छ। यस दिन ३४९ स्टकको ७७ हजार १७ पटकको कारोबारमार्फत ६ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको १ करोड ३६ लाख कित्ता शेयर खरिदबिक्री भएको हो। थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा दोर्दी खोला जलविद्युत र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य पनि उल्लेखनीय रूपमा बढेको छ, भने रसुवागढी हाइड्रोपावरको शेयरमूल्य घटेको छ। कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहँदा, १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ र जलविद्युत उपसमूह सबैभन्दा बढी १.०२ प्रतिशतले उकालो लागेको छ।
On the second trading day of the week, Tuesday, the NEPSE index closed higher by 4.90 points at 2,639.91, accompanied by an increase in total turnover. The market recorded transactions worth over NPR 6.99 billion through 77,017 trades of 349 listed stocks, with more than 13.6 million shares changing hands. Threestar Hydropower hit the positive circuit level, while the share prices of Dordi Khola Hydropower and Super Madi Hydropower posted strong gains; however, Rasuwagadhi Hydropower declined by more than six percent. In terms of turnover, Radhi Bidyut Company led the market, and among the 13 sub-indices, seven closed higher, with the hydropower sub-index rising the most by 1.02 percent.




