NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Shows Signs of Recovery, Market Turns Green Ahead of Tihar
    नेप्सेमा सुधारको संकेत, तिहारअघि बजार हरियो
    Investor
    2 min read
    Published on October 19, 2025
    NEPSE TRADING

    नेप्सेमा सुधारको संकेत, तिहारअघि बजार हरियोNEPSE Shows Signs of Recovery, Market Turns Green Ahead of Tihar

    आइतबारको शेयर बजारमा सुधारको लहर देखा परेको छ। लगातार गिरावटपछि नेप्से परिसूचक १६.६७ अंकले बढ्दै २५०३.८५ विन्दुमा पुगेको हो। यद्यपि कारोबार रकम भने घटेको देखिन्छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज दुई अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन गत साता बिहीबारको तीन अर्ब २७ करोडको तुलनामा कम हो।

    आज १६३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीको घटेको छ। ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

    बैंकिङ समूह ११.६४ अंकले बढ्दै १३४९.३६ विन्दुमा पुगेको छ भने विकास बैंक समूह ११.६४ अंकले घटेर ५२५८.८७ विन्दुमा पुगेको छ। वित्त समूह ११.१६ अंकले बढ्दै २१७२.८६ विन्दुमा पुगेको छ। होटल तथा पर्यटन समूह ४२.९६ अंकले बढ्दै ५९७३.१३ विन्दुमा पुगेको छ। जलविद्युत समूह २२.०३ अंकले बढेर ३२६९.७८ विन्दुमा पुगेको छ।

    लगानी समूह ०.७६ अंकले बढ्दै १०१.२१ विन्दुमा पुगेको छ। जीवन बीमा समूह ४०.६३ अंकले बढेको छ भने निर्जीवन बीमा समूह ३६.१२ अंकले घटेको छ। उत्पादन समूह ६३.९५ अंकले, लघुवित्त समूह २२.२२ अंकले, म्युचुअल फण्ड समूह ०.०२ अंकले, व्यापार समूह ३३.२८ अंकले र अन्य समूह २६.०५ अंकले बढेका छन्।

    आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढ्दै ६ हजार ७१० रुपैयाँमा पुगेर बजार बन्द भएको छ। हिमालयन पावर पार्टनरको शेयरमूल्य ९.८९ प्रतिशतले बढ्दै ५११ रुपैयाँमा पुगेको छ। त्यस्तै, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९.८८ प्रतिशतले र एशियन हाइड्रोपावरको ७.८० प्रतिशतले वृद्धि भएको छ। अभियान लघुवित्तको शेयरमूल्य पनि ६.०१ प्रतिशतले बढेको छ।

    घट्ने कम्पनीहरूमा हिमालयन ८०–२० सबैभन्दा अगाडि रह्यो, जसको शेयरमूल्य ६.१० प्रतिशतले घटेको छ। कालिका लघुवित्त ३.९४ प्रतिशतले, प्रभु सेलेक्ट फण्ड ३.७६ प्रतिशतले, नेपाल माइक्रो इन्स्योरेन्स ३.७० प्रतिशतले र मुक्तिनाथ विकास बैंक ३.४२ प्रतिशतले घटेका छन्।

    टेक्निकल विश्लेषणको नजरमा बजार

    विश्लेषक अजित खनालका अनुसार नेप्से हाल महत्वपूर्ण सपोर्ट जोनमा उभिएको छ। चार्टमा ट्विजर बटम (Tweezers Bottom) क्यान्डल फर्मेशन देखिएको छ — यद्यपि यो प्रपर इन्गल्फिङ नभए पनि बजारमा रिभर्सलको संकेत देखिएको छ।

    RSI सूचकांक हाल ३५ को स्तरमा पुगेको छ, जसले माइल्ड बुलिश डाइभरजेन्स संकेत गर्छ। यसले बजार अत्यधिक ओभरसोल्ड जोनबाट फर्कने सम्भावना प्रष्ट पार्दैछ।

    ब्रोकर कारोबारतर्फ हेर्दा, ठूला १० ब्रोकरमध्ये ७ ब्रोकरले बेचेकोभन्दा बढी खरिद गरेका छन्, जसले बजारमा रिटेल र इन्स्टिट्यूशनल दुवै लगानीकर्ताको सकारात्मक सहभागिता जनाउँछ।

    लगातार घट्दो बजारले अन्ततः तिहारअघि सानो तर आशाजनक सुधार संकेत देखाउँदै साता सकारात्मक क्लोजिङ गरेको छ।

    सबै लगानीकर्ताहरूलाई तिहार तथा दिपावलीको हार्दिक शुभकामना!

    The Nepal Stock Exchange (NEPSE) witnessed a mild recovery on Sunday as the benchmark index climbed by 16.67 points, closing at 2,503.85 points. After a week of continuous decline, the market showed a positive reversal, although the trading volume decreased compared to the previous session.

    According to NEPSE, the total turnover stood at Rs. 2.79 billion, down from Rs. 3.27 billion recorded on Thursday. Out of all traded companies, 163 gained, 78 declined, and 8 remained unchanged.

    The Banking Index increased by 11.64 points to 1,349.36, while the Development Bank Index fell by 11.64 points to 5,258.87. The Finance Index rose by 11.16 points to 2,172.86, and the Hotels & Tourism Index climbed 42.96 points to 5,973.13. The Hydropower Index surged by 22.03 points to 3,269.78, showing renewed investor interest in the energy sector.

    The Investment Index added 0.76 points, the Life Insurance Index gained 40.63 points, while the Non-Life Insurance Index declined by 36.12 points. Similarly, the Manufacturing Index gained 63.95 points, Microfinance Index rose by 22.22 points, Mutual Fund Index by 0.02 points, Trading Index by 33.28 points, and Others Index by 26.05 points.

    Aatmanirbhar Laghubitta Bittiya Sanstha was the top gainer of the day, surging by 10% to close at Rs. 6,710 per share. Himalayan Power Partner jumped 9.89% to Rs. 511, followed by Bhagawati Hydropower Development Company, which gained 9.88%. Asian Hydropower rose 7.80%, and Abhiyan Laghubitta advanced 6.01%.

    On the losing side, Himalayan 80–20 Fund declined the most by 6.10%, followed by Kalika Laghubitta (-3.94%), Prabhu Select Fund (-3.76%), Nepal Micro Insurance (-3.70%), and Muktinath Bikas Bank (-3.42%).

    Technical Analysis: Market at a Critical Support Zone

    According to market analyst Ajit Khanal, the NEPSE index is currently standing at a strong support zone, where a Tweezers Bottom candlestick pattern has formed — although not a perfect bullish engulfing, it indicates a potential reversal signal.

    The RSI (Relative Strength Index) is hovering around 35, suggesting a mild bullish divergence. This implies that the market might be emerging from the oversold zone, signaling potential recovery in the days ahead.

    Among the top 10 brokers, 7 recorded more buying than selling, reflecting balanced participation from both retail and institutional investors.

    After a week of decline, the market has finally closed on a positive note, showing early signs of reversal just before the Tihar festival.

    Wishing all investors a Happy and Prosperous Tihar!

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026