लगातार घट्दै गएको नेपाली शेयर बजार मापक नेप्सेमा सुधारको संकेत देखिएको छ । केहि समय अघि ३ हजारको विन्दु पार गरेको नेप्से त्यसपछि लगातार घटेर २८ सय भन्दा तल झरेको थियो । यतिवेला बजारमा विभिन्न नकारात्मक समाचारको प्रभाव भएको विश्लेषण समेत गरीएको थियो । अनावस्यक रुपमा ब्रोकर लिमिट, माइक्रो फाइनान्सले लाभंसमा क्यापको सामना लगायतले बजारमा नकारात्मक असर परेको थियो । तर हाल ब्रोकर हरुले लिमिट खुकुलो बनाउदै गएको र अन्य अर्थतन्त्रका सुचक पनि सकारात्मक हुदै गएका कारण बजारमा सुधार हुने अपेक्षा लगानीकर्ताले गरेका छन् । त्यस्तै, बजार ३२ सय क्रस हुन केहि ठूलो समाचारको आवस्यकता रहेको समेत विश्लेषकले धारण राखेका छन् । मार्जीन ट्रेडिङ स्वत स्फुर्त रुपमा सन्चालन भए बजारमा बहार आउने पनी केहिको विश्लेषण छ । हाल माजिङ कारोबार गर्न ब्रोकर मात्र सक्षम नभएकाले बैंकसँग लीङ्क गराएर कारोबार गराउन सकियो भने ब्रोकरको उधारो लिमिटको अवस्था कम हुदै जाने र बजार पनी ३२ सय भन्दा माथी जान सहयोग हुने विश्लेषण केहिले गरेका छन ।
नेप्से बजार प्रदर्शन
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार पनि हरियो बत्तीमा बन्द भएको हो । अघिल्लो दिन सोमबार सामान्य अंकले बढेको बजारले मंगलबार पनि त्यही उकालो यात्रालाई निरन्तरता दिएको छ । आज नेप्से परिसूचक ९.७६ अंकले बढ्दै २७८०.१५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.७३ अंकले बढेर ४९७.३४ विन्दुमा पुगेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.५९ अंक बढेर १९६.७५ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.६८ अंकले बढ्दै १६७.६६ विन्दुमा पुगेको छ । सूचकमा सुधार भएपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ६ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने मंगलबार ३१६ स्टकको ६१ हजार ७८४ पटकको कारोबारमार्फत १ करोड ३१ लाख २४ हजार कित्ता शेयर किनबेच भई जम्मा ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँमा सिमित भएको छ । यसले लगानीकर्ताको कारोबार गर्ने उत्साह केही कम भएको देखाएको छ ।
बढ्ने र घट्ने कम्पनी
मंगलबार सर्वाधिक बढ्ने कम्पनीमा सान्भि इनर्जी शीर्ष स्थानमा रह्यो जसको शेयरमूल्य ६.९८ प्रतिशतले बढ्यो। पियोर इनर्जी को शेयरमूल्य पनि ६ प्रतिशतभन्दा बढीले बढेको छ भने इष्टर्न हाइड्रोपावर को शेयरमूल्य ४.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । यता, सर्वाधिक घट्ने कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक रह्यो जसको शेयरमूल्य ६.१४ प्रतिशतले तल झर्यो। युनाइटेड मोदी हाइड्रोपावर को शेयरमूल्य पनि ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । कारोबार रकमका हिसाबले युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। कम्पनीको करिब ३१ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रो स्थानमा हिमालयन डिष्टिलरी रह्यो जसको कारोबार करिब २८ करोड रुपैयाँ नाघेको छ। त्यस्तै, राधी विद्युत कम्पनी को कारोबार पनि २० करोड रुपैयाँभन्दा बढीमा पुगेको छ। मंगलबार १३ उपसमूहमध्ये १२ उपसमूह बढेका छन् भने १ उपसमूह घटेको छ। होटल तथा पर्यटन उपसमूह मात्र ०.२४ अंकले घट्यो। बाँकी उपसमूहमा वृद्धि भए पनि वृद्धिदर १ प्रतिशतभन्दा कम मात्र रह्यो। यसले बजारमा सन्तुलित तर हल्का सकारात्मक धारणा बनिरहेको देखाउँछ ।
प्रविधिक विश्लेषण तर्फ
टेक्नीकल रुपमा बजार बलीयो बन्दै विश्लेषण गरीएको छ । वान क्याण्डल हेर्ने लगानीकर्ता बजारमा प्रवेस गरेको पनि केहि विश्लेषकले दावी गरेका छन् । तर पनि वान क्याण्डलले भने अझै स्पस्ट बाई भने दिएको छैन । त्यस्तै, विग मनी पनि विस्तारी कित्ता थप्दै गएको दावि केहिले गरेका छन् । यता प्रविधिक विश्लेषक अजित खनालका अनुसार (नेप्से) परिसूचकले ५० दिने मूभिङ एभरेज र ६१ प्रतिशत फिबोनाची रिट्रेसमेन्ट लेभलबाट सपोर्ट लिएपछि सकारात्मक संकेत देखाउन थालेको छ । मंगलबारको कारोबारमा बजारले हरियो इन्भर्टेड ह्याम्बर क्यान्डल बनाउँदै बन्द भएको छ । टेक्निकल विश्लेषकहरूको भनाइअनुसार, घट्दो ट्रेन्डमा देखिएको इन्भर्टेड ह्याम्बर प्रायः बजारमा ‘रिभर्सल’ को संकेतका रूपमा व्याख्या गरिन्छ। पछिल्ला दुई दिनदेखि लगातार हरियो क्यान्डल बनेकोले बजार पुनः बलियो बन्दै गएको विश्लेषण गरिएको हो । तर, बजार उकालो लाग्ने कोसिस गर्दा पनि कारोबार रकम भने अपेक्षित रूपमा बढ्न सकेको छैन । मंगलबारको कारोबार रकम जेठ २१ गतेपछि कै सबैभन्दा न्यून रह्यो ।
ब्रोकरको गतिविधि
१० प्रमुख ब्रोकरमध्ये ६ वटाले किनेको भन्दा बढी शेयर बेचेका देखिन्छन्। यसले बजारमा हालको ‘रिभाउन्ड’ अझै ठोस नभएको प्रष्ट पार्छ । अब लगानीकर्ताको प्रतिक्षा भनेको मंगलबार बनेको ‘हाइ’ भन्दा माथि बजार बन्द होस् भन्नेमा केन्द्रित हुनेछ । यदि बजार सो स्तर तोड्दै माथि बन्द हुनसक्छ भने आगामी दिनमा नयाँ उकालो यात्राको सुरुवात हुने विश्लेषकको मत छ । तर कारोबार रकमले बजारलाई सपोर्ट नगरेसम्म यसलाई दीर्घकालीन सकारात्मक संकेत मान्न कठिन हुने विश्लेषण गरिएको छ ।





