NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Shows Slight Uptick on Wednesday, but Trading Volume Shrinks
    नेप्सेमा बुधबार हल्का उकालो, कारोबार भने खुम्चियो
    Investor
    2 min read
    Published on April 9, 2025
    NEPSE trading

    नेप्सेमा बुधबार हल्का उकालो, कारोबार भने खुम्चियोNEPSE Shows Slight Uptick on Wednesday, but Trading Volume Shrinks

    बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सामान्य सुधारको सङ्केत देखाएको छ। दुई दिनको गिरावटपछि यो दिन परिसूचक ९.६६ अंक बढेर २६७६.२८ विन्दुमा पुगेर बन्द भएको छ। सेन्सेटिभ इण्डेक्समा १.४४ अंक, फ्लोट इण्डेक्समा ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्समा ०.५० अंकको वृद्धि भएको छ। १३ मध्ये ११ उपसमूहमा हरियाली छाउँदा एउटा कम्पनीको शेयर सकारात्मक सर्किटमा कारोबार भएको छ।

    यद्यपि, बजारको चहलपहल भने कमजोर देखियो। मंगलबार ५ अर्ब ३० करोडको शेयर किनबेच भएकोमा यो दिन कारोबार रकम ४ अर्ब ४८ करोड ४६ लाखमा सीमित रह्यो। कुल ३१७ कम्पनीका १ करोड ७३ हजार कित्ता शेयर ४५ हजार ९४ पटकमा हात सरे।

    बजारका मुख्य खेलाडी

    नेपाल माइक्रो इन्स्योरेन्सको शेयरले यो दिन चर्चा बटुल्यो। भर्खरै दोस्रो बजारमा प्रवेश गरेको यो कम्पनीको शेयरमूल्य ३३ रुपैयाँ २० पैसा उकालो लागेर ३६५ रुपैयाँ ७० पैसामा टुङ्गियो, जुन सकारात्मक सर्किट हो। विन नेपाल लघुवित्तको शेयर ८ प्रतिशत र बोटलर्स नेपाल (बालाजु) को शेयर ५ प्रतिशतभन्दा बढीले चढ्यो। तर, सिन्धु विकास बैंकको शेयरमूल्य ७.४७ प्रतिशतले खस्कियो। कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ४२ करोड ७५ लाखसहित अग्रता लियो। सिईडिबी होल्डिङ्गसको ३० करोड र हिमालयन रि इन्स्योरेन्सको २७ करोड ५० लाखको कारोबार भयो।

    बजार किन सुस्त?

    नेप्से लामो समयदेखि एकै दायरामा घुमिरहेको छ। चैत मसान्तको प्रभावले पनि बजारमा सुस्तता देखिएको छ। यो समयमा लगानीकर्ताहरु बैंकको ऋण र ब्याजको चापमा हुन्छन्, जसले सेयर बजारको गतिलाई प्रभावित गर्छ। साथै, लगानीकर्ताहरु अहिले पर्खाइको मुडमा छन्। कम्पनीहरुको तेस्रो त्रैमासिक नतिजा आउने तरखरमा छ, जसले बजारको दिशा निर्धारण गर्न सक्छ।

    नीति र अर्थतन्त्रको प्रभाव

    राष्ट्र बैंकमा नयाँ गभर्नरको नियुक्ति र उनको नीतिले बजारमा ठूलो प्रभाव पार्ने भएकाले लगानीकर्ता सजग छन्। नयाँ गभर्नरले कस्तो बाटो लिन्छन् भन्ने अनिश्चितताले बजारलाई होल्डमा राखेको छ। यस्तै, मुलुकको आर्थिक अवस्था र बाह्य परिस्थितिले पनि बजारको मनोबललाई असर गर्छ। अहिले अर्थतन्त्र स्थिर छ र ब्याजदर पनि सस्तो छ, जसले आगामी दिनमा बजार उकालो लाग्ने आशा जगाएको छ।

    उपसमूहको रङ

    होटल तथा पर्यटन उपसमूह २.४४ प्रतिशतले अगाडि रह्यो। लगानी र उत्पादन तथा प्रशोधन उपसमूह पनि १ प्रतिशतभन्दा माथि उक्लिए। यता, बैंकिङ र व्यापार उपसमूह भने हल्का रातोमा देखिए।

    बुधबारको बजारले सानो आशा देखाए पनि कारोबारको सुस्तता र लगानीकर्ताको पर्खाइले पूर्ण गति लिन बाँकी छ। नीतिगत स्पष्टता र आर्थिक स्थिरताले मात्र बजारलाई नयाँ उचाइ दिन सक्ने देखिन्छ।

    The Nepal Stock Exchange (NEPSE) displayed a modest recovery on Wednesday, breaking a two-day downward streak. The benchmark index climbed 9.66 points to close at 2676.28. The Sensitive Index rose by 1.44 points, the Float Index by 0.62 points, and the Sensitive Float Index by 0.50 points. Out of 13 sub-groups, 11 ended in the green, with one company hitting a positive circuit breaker during trading.

    However, the market lacked momentum in terms of trading activity. After Tuesday’s turnover of NPR 5.30 billion, Wednesday saw the volume drop to NPR 4.48 billion. A total of 1.73 million shares from 317 companies changed hands across 45,094 transactions.

    Market Highlights

    Nepal Micro Insurance Company stole the spotlight, with its recently listed shares hitting a positive circuit. The stock surged by NPR 33.20 to close at NPR 365.70. Meanwhile, Win Nepal Microfinance saw an 8% rise, and Bottlers Nepal (Balaju) gained over 5%. On the flip side, Sindhu Development Bank’s stock slumped by 7.47%, marking the day’s steepest decline. In terms of turnover, NRN Infrastructure and Development led with NPR 427.5 million, followed by CDB Holdings with over NPR 300 million and Himalayan Reinsurance with NPR 275 million.

    Why the Slow Pace?

    The NEPSE has been stuck in a sideways trend for a while now. With Chaitra month-end approaching, investors are feeling the pinch of loan and interest repayments, dampening market activity. This period typically sees the stock market struggle to gain traction. Additionally, investors appear to be in a wait-and-see mode. The third-quarter financial reports of listed companies are due soon, stirring curiosity about their performance.

    Policy and Economic Influence

    Uncertainty surrounding the appointment of a new governor at Nepal Rastra Bank is another factor keeping investors cautious. The incoming governor’s policies could significantly sway the market, adding to the hesitation. Beyond this, Nepal’s internal and external economic conditions play a role. With the economy currently stable and interest rates relatively low, there’s hope among investors that the stock market could see an upswing in the days ahead.

    Sub-Group Performance

    The Hotel and Tourism sub-group topped the gains, rising 2.44%. The Investment and Manufacturing & Processing sub-groups also climbed over 1%. However, Banking and Trading sub-groups dipped slightly into negative territory.

    While Wednesday’s market offered a glimmer of optimism, the lackluster trading volume and investors’ cautious stance suggest that NEPSE has yet to find its footing. Clear policy direction and sustained economic stability could be the key to unlocking its potential.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026