NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Slides Sharply as Key Support Breaks, Confidence Crisis Deepens
    नेप्सेमा गहिरो झट्का: सपोर्ट भत्किँदा बजार ओरालो, विश्वास संकट गहिरिँदै
    Investor
    3 min read
    Published on April 1, 2026
    NEPSE TRADING

    नेप्सेमा गहिरो झट्का: सपोर्ट भत्किँदा बजार ओरालो, विश्वास संकट गहिरिँदैNEPSE Slides Sharply as Key Support Breaks, Confidence Crisis Deepens

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार देखिएको तीव्र गिरावटले बजारलाई गहिरो दबाबमा धकेलेको छ। परिसूचक ७४.७३ अंकले घटेर २७७६.३६ विन्दुमा झरेपछि लगानीकर्तामा त्रास झन् बढेको देखिएको छ। मंगलबारको सामान्य सुधार टिक्न नसक्नुले बजारको आधार कमजोर रहेको स्पष्ट संकेत दिएको छ। छोटो अवधिमा देखिएको उकालो पूर्ण रूपमा असफल हुँदा बजार फेरि ओरालो यात्रामा फर्किएको देखिन्छ।यस गिरावटको विशेषता के रह्यो भने बजारका सबै १३ वटै उपसमूह एकैदिन राताम्मे भए। ‘अन्य’ उपसमूह सबैभन्दा धेरै ५ प्रतिशतभन्दा बढीले घट्दा विकास बैंक, वित्त र व्यापार समूह पनि ३ प्रतिशतभन्दा बढीले ओरालो लागे। बैंकिङ, जलविद्युत, बीमा, होटल तथा पर्यटन र लगानी समूहहरूमा समेत २ प्रतिशतभन्दा बढीको गिरावट देखिनुले बजारको कमजोरी कुनै एक क्षेत्रमा सीमित नभई समग्र संरचनामै फैलिएको देखिन्छ।बजारमा आएको यो झट्काको मूल कारण पछिल्ला दिनहरूमा तीव्र बनेको अनुसन्धानलाई मानिएको छ। विशेषगरी दिपक भट्ट सम्बन्धी प्रकरणले लगानीकर्तामा मनोवैज्ञानिक दबाब बढाएको छ। ठूलो रकमको प्रयोग, सम्भावित अनियमितता र ‘ब्ल्याक मनी’ सम्बन्धी आशंकाले बजारमा असहजता थपेको छ। एउटा घटनाले समग्र बजारलाई प्रभावित पार्ने अवस्था सिर्जना हुँदा “लहरो तान्दा पहरो गज्रियो” जस्तो परिस्थिति देखिएको विश्लेषकहरू बताउँछन्।कारोबारको सुरुवातदेखि नै बिक्री दबाब हाबी देखिएको थियो। बजार खुल्नेबित्तिकै सूचक ओरालो लाग्न थालेको र दिनभर कुनै पनि चरणमा सुधारको संकेत नदेखिनुले लगानीकर्ताको आत्मविश्वास कमजोर भएको प्रष्ट हुन्छ। प्राविधिक रूपमा महत्वपूर्ण मानिएको करिब २७८८ को सपोर्ट स्तरसमेत जोगिन नसक्दा बजारले आफ्नो आधार गुमाएको संकेत दिएको छ।प्राविधिक विश्लेषणका आधारमा हेर्दा यो गिरावट सामान्य करेक्सनभन्दा फरक देखिएको छ। लामो समयदेखि बनिरहेको ‘Higher Low’ संरचना भत्किएको छ भने अपट्रेन्ड लाइनसमेत ब्रेक भएको छ। यसले बजारको ट्रेन्ड परिवर्तनतर्फ संकेत गर्छ। अहिलेको अवस्थामा पहिले सपोर्ट रहेको क्षेत्र अब रेजिस्टेन्समा परिणत हुने सम्भावना बलियो देखिएको छ।कारोबार रकम भने उल्लेखनीय रूपमा घटेको छैन। बुधबार १२ अर्बभन्दा बढीको कारोबार हुनु भनेको बजारमा सक्रियता कायम रहेको संकेत हो। तर यो सक्रियता खरिदभन्दा बढी बिक्रीमा केन्द्रित देखिन्छ। उच्च कारोबारसँगै गिरावट आउनु सामान्यतया ‘distribution phase’ को संकेत मानिन्छ, जहाँ ठूला लगानीकर्ताहरू क्रमशः बजारबाट बाहिरिँदै गरेका हुन्छन्।बीमा क्षेत्र विशेषगरी दबाबमा परेको देखिएको छ। नेपाल पुनर्बीमा कम्पनी लिमिटेड को शेयर मूल्य करिब १० प्रतिशतले घट्नुले यस क्षेत्रमा लगानीकर्ताको विश्वास कमजोर भएको संकेत दिन्छ। त्यस्तै हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेड मा उच्च कारोबार हुनु पनि ध्यानाकर्षण गर्ने विषय बनेको छ, जसले सो कम्पनीमा लगानीकर्ताको उच्च चासो र दबाब दुवै देखाउँछ।आज बनेको क्यान्डल प्राविधिक रूपमा ‘बेयरिस ब्रेकडाउन क्यान्डल’ को रूपमा देखिएको छ। लामो रातो क्यान्डल, सपोर्ट ब्रेक र दिनकै न्यून बिन्दु नजिक क्लोज हुनु—यी सबै संकेतहरूले बजारमा बिक्रीकर्ताको पूर्ण वर्चस्व रहेको देखाउँछ। यस्तो क्यान्डलले प्रायः आगामी दिनमा पनि दबाब कायम रहने सम्भावना जनाउँछ।अब बजारका लागि तल्लो सपोर्ट क्षेत्रहरू करिब २६००, २५६८ र २५३० तर्फ देखिएका छन्। यदि हालको दबाब जारी रह्यो भने बजारले यी स्तरहरू परीक्षण गर्न सक्छ। उता माथिल्लो स्तरमा २९०० माथिको दायरा तत्काल पार गर्न बजारलाई निकै बलियो मोमेन्टम आवश्यक पर्ने देखिन्छ, जुन अहिलेको अवस्थामा कठिन देखिन्छ।समग्रमा हेर्दा बजार अहिले विश्वासको संकटबाट गुज्रिरहेको छ। अनुसन्धान, प्राविधिक कमजोरी र मनोवैज्ञानिक दबाब—तीनै पक्षले बजारलाई एकैचोटि असर पारेका छन्। यस्तो अवस्थामा लगानीकर्ताका लागि जोखिम उच्च रहेको छ। अब बजार स्थिर हुन पारदर्शी वातावरण, स्पष्ट नीतिगत दिशा र ठूला लगानीकर्ताको पुनः सहभागिता आवश्यक देखिन्छ। तबसम्म बजारमा उतारचढाव उच्च नै रहने अनुमान गरिएको छ।
    Kathmandu. Nepal’s stock market witnessed a sharp downturn on Wednesday, with the NEPSE index falling by 74.73 points to close at 2,776.36, intensifying investor anxiety. The brief recovery seen in the previous session failed to sustain, clearly indicating underlying weakness in the market. What initially appeared as a short-term rebound has now turned into renewed downward momentum, pushing the market into a more fragile phase.The decline was broad-based, with all 13 sectoral indices ending in negative territory. The “Others” sub-index recorded the steepest drop of over 5 percent, while development banks, finance, and trading sectors fell by more than 3 percent. Banking, hydropower, insurance, hotels, and investment sectors also declined by over 2 percent each, reflecting that the weakness is not limited to specific segments but is spread across the entire market structure.Market analysts attribute the fall primarily to the ongoing investigation surrounding Dipak Bhatt, which has significantly impacted investor sentiment. Concerns over large financial transactions, possible irregularities, and the suspected involvement of black money have created a wave of fear in the market. What began as an isolated case has now evolved into a broader concern, shaking confidence across all categories of investors.From the opening bell, selling pressure dominated the session. The index began declining early and failed to show any meaningful recovery throughout the trading day. This behavior indicates a strong lack of confidence among investors, who appear more inclined to exit positions rather than wait for stabilization. The breakdown of the critical support level around 2,788 has further reinforced bearish sentiment.Technically, the market has entered a vulnerable phase. The breakdown of a historically strong support zone suggests that the previous price floor has now turned into a resistance level. Additionally, the upward trendline that had been supporting the formation of higher lows has been breached, signaling a potential trend reversal. The market, which was previously in a gradual upward structure, now appears to be shifting toward a downward trajectory.Despite the sharp fall, trading turnover remained relatively strong, exceeding Rs 12 billion. This indicates that market activity has not diminished, but the nature of activity has shifted toward aggressive selling. High volume during a declining market is typically associated with a distribution phase, where large investors gradually exit positions, often leaving retail investors exposed.The insurance sector faced significant pressure, particularly Nepal Reinsurance Company Limited, whose share price dropped by nearly 10 percent. This sharp decline highlights weakening investor confidence in the sector. Meanwhile, Himalayan Reinsurance Limited recorded the highest turnover, suggesting heightened activity driven by both panic selling and speculative trading.The candlestick formed on the daily chart is a classic bearish breakdown candle, characterized by a strong downward move, violation of support, and a close near the day’s low. Such a formation indicates strong seller dominance and often signals continued downward pressure in the near term. Combined with the formation of lower highs, the chart suggests that the market may be entering a confirmed downtrend.Looking ahead, immediate support levels are seen around 2,600, followed by 2,568 and 2,530. If the current selling pressure continues, the index may gradually test these lower levels. On the upside, resistance now lies near the 2,900 range, but given the current momentum, a swift recovery appears unlikely.Overall, the market is currently experiencing a deep crisis of confidence. Regulatory developments, technical breakdowns, and psychological pressure have converged to push the market lower. For investors, this remains a high-risk environment where caution is essential. A sustainable recovery will likely require clearer policy direction, improved transparency, and the return of institutional participation. Until then, volatility is expected to remain elevated.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026