NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NEPSE Slips as Market Turnover Declines
    नेप्से ओरालो, कारोबार रकम पनि घट्यो
    Top
    1 min read
    Published on January 1, 2026
    NEPSE TRADING

    नेप्से ओरालो, कारोबार रकम पनि घट्योNEPSE Slips as Market Turnover Declines

    साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो दबाबमा परेको छ। अघिल्लो दिन सुधार देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यस दिन भने १२.८३ अंक घटेर २६२०.९२ विन्दुमा झरेर बन्द भएको छ। बजारको समग्र अवस्था झल्काउने सेन्सेटिभ इण्डेक्स २.४३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंकले ओरालो लागेको छ।

    नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बुधबार ५ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३६ स्टकको ६४ हजार ४०७ पटकको कारोबारमार्फत ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ बराबरको १ करोड १ लाख ५३ हजार कित्ता शेयर खरिद–बिक्री भएको छ। बजारमा समग्र रुपमा सतर्कता देखिए पनि केही कम्पनीका सेयरमा भने उत्साह देखिएको छ।

    यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयर मूल्य १३४ रुपैयाँ ६० पैसा बढेर १ हजार ४८१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको हो। त्यस्तै, एसवाई प्यानल नेपालको सेयर ९ प्रतिशतभन्दा बढी र हिम स्टार ऊर्जा कम्पनीको सेयर ८ प्रतिशतभन्दा बढीले बढेको छ। यद्यपि, ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई मूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहँदा सो कम्पनीको २३ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसपछि शिवम् सिमेन्ट्सको करिब १४ करोड रुपैयाँ र बुटवल पावर कम्पनीको १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १३ उपसमूहमध्ये एक उपसमूह मात्र बढ्दा १२ उपसमूह घटेका छन्, जसमा व्यापार उपसमूह १.०९ प्रतिशतले सर्वाधिक घटेको छ।

    Nepal’s stock market closed lower on the final trading day of the week, reflecting cautious investor sentiment. The benchmark Nepal Stock Exchange (NEPSE) index dropped by 12.83 points to settle at 2,620.92, reversing the gains recorded in the previous session. The Sensitive Index declined by 2.43 points, while the Float Index and Sensitive Float Index fell by 0.84 points and 0.88 points respectively.

    Alongside the index decline, total market turnover also decreased. While trading on Wednesday stood at NPR 5.13 billion, Thursday’s session saw transactions worth NPR 4.71 billion, with 10.15 million shares exchanged across 336 stocks through 64,407 trades. Despite the overall weakness, selective stocks continued to attract buying interest.

    Vin Nepal Laghubitta Bittiya Sanstha hit the positive circuit during the session, with its share price rising by NPR 134.60 to close at NPR 1,481.10. Similarly, SY Panel Nepal gained over 9 percent, while Him Star Urja Company advanced by more than 8 percent. In contrast, units of Global IME Samunnat Yojana–2 recorded the steepest decline of the day, falling by 10 percent.

    In terms of turnover, SY Panel Nepal led the market with transactions worth NPR 234.1 million. It was followed by Shivam Cements with nearly NPR 140 million in turnover, while Butwal Power Company crossed NPR 120 million in trading value. Of the 13 sectoral indices, only one closed higher, whereas 12 ended in the red, with the Trading sector posting the highest decline of 1.09 percent.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026