NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NEPSE Slips Below 2,600 After 14 Trading Days, Index Falls by 12.50 Points
    १४ कारोबार दिनपछि २६०० विन्दुमुनि झर्‍यो नेप्से, परिसूचक १२.५० अंकले घट्यो
    Top
    1 min read
    Published on December 14, 2025
    NEPSE TRADING

    १४ कारोबार दिनपछि २६०० विन्दुमुनि झर्‍यो नेप्से, परिसूचक १२.५० अंकले घट्योNEPSE Slips Below 2,600 After 14 Trading Days, Index Falls by 12.50 Points

    साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला केही कारोबार दिनदेखि देखिएको गिरावटको क्रम यस दिन पनि निरन्तर रहँदा नेप्से १४ कारोबार दिनपछि पुनः २६०० विन्दुभन्दा तल झरेको हो।

    आइतबार नेप्से परिसूचक १२.५० अंकले घट्दै २५९४.८७ विन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ०.७९ अंकले, फ्लोट इण्डेक्स ०.७७ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंकले घटेको छ। यसअघि गत मंसिर ४ गते नेप्से २६०० विन्दुमुनि बन्द भएको थियो।

    परिसूचक घटेपनि यस दिन कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिन बिहीबार ३ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको बजारमा आइतबार ३३० स्टकको ६० हजार ६९९ पटकको कारोबारमार्फत ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    यस दिन दुई कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानलको शेयर मूल्य उच्चतम बिन्दुमा पुगेको हो। त्यस्तै, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ भने अन्य अधिकांश कम्पनीहरूको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको सिटी होटलको शेयर मूल्य भने सर्वाधिक ६.२६ प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा कुमारी बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको आइतबार २६ करोड १८ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यसपछि ङादी ग्रुप पावरको करिब १९ करोड रुपैयाँ र शिवम सिमेन्ट्सको करिब ८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

    १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूह सामान्य रूपमा बढेका छन् भने जलविद्युत, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक करिब १ प्रतिशतले घटेको छ।

    Nepal Stock Exchange (NEPSE) index closed lower on Sunday, the first trading day of the week, extending its downward trend for the third consecutive session. With this decline, the benchmark index slipped below the psychological level of 2,600 points after a gap of 14 trading days.

    On Sunday, the NEPSE index dropped by 12.50 points to settle at 2,594.87. Similarly, the Sensitive Index declined by 0.79 points, while the Float Index and Sensitive Float Index fell by 0.77 points and 0.30 points respectively. The index had previously closed below 2,600 on Mangsir 4.

    Despite the fall in the index, total market turnover increased significantly. While the previous trading day recorded a turnover of NPR 3.49 billion, Sunday witnessed transactions worth NPR 4.74 billion. A total of 11.27 million shares of 330 companies were traded through 60,699 transactions.

    Two stocks hit the positive circuit limit during the session. Shares of Swastik Laghubitta Bittiya Sanstha and SY Panel traded at their upper circuit levels. Meanwhile, the share price of NMB Microfinance Financial Institution rose by more than 5 percent, while gains in other stocks remained below 5 percent. City Hotel emerged as the biggest loser of the day, with its share price dropping by 6.26 percent.

    In terms of turnover, Kumari Bank’s promoter shares led the market, recording transactions worth NPR 261.8 million. This was followed by Ngadi Group Power with nearly NPR 190 million in turnover and Shivam Cements with transactions amounting to around NPR 80 million.

    Out of the 13 trading sub-indices, only two closed higher, while the remaining 11 ended in the red. The banking and mutual fund sub-indices posted marginal gains, whereas hydropower, hotels & tourism, and life insurance sub-indices declined by around 1 percent.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026