NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NEPSE Slips by Double Digits on Sunday, Falls Below 2,700 as Turnover Declines
    आईतवार नेप्से दोहोरो अंकले ओरालो, २७ सय मुनि झर्दै कारोबार रकममा पनि गिरावट
    Top
    1 min read
    Updated on February 1, 2026
    NEPSE TRADING

    आईतवार नेप्से दोहोरो अंकले ओरालो, २७ सय मुनि झर्दै कारोबार रकममा पनि गिरावटNEPSE Slips by Double Digits on Sunday, Falls Below 2,700 as Turnover Declines

    आईतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन नेप्से १९.८५ अंकले घट्दै २७ सय विन्दुबाट तल झरेर २६९४.२० विन्दुमा बन्द भएको हो।

    यस दिन सेन्सेटिभ इण्डेक्स २.७६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९४ अंकले ओरालो लागेको छ। बजार सूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ, जसले लगानीकर्ताको सतर्कता झल्काएको छ।

    आईतवारको कारोबारमा २६० कम्पनीका २ करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ९ अर्ब १० करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ। जबकि अघिल्लो कारोबार दिन बिहीबार १४ अर्ब ५६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

    आजको बजारमा मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक ९.७० प्रतिशतले बढेको छ। त्यसैगरी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य ८.१९ प्रतिशतले वृद्धि भएको छ। यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने रवा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.३४ प्रतिशतले घटेको छ।

    कारोबार रकमको आधारमा आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको मात्रै ५५ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एसवाई प्यानल नेपालको ५३ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

    आईतवार कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक मात्रै सामान्य अंकले बढेको छ। बाँकी अधिकांश उपसमूह ओरालो लाग्दा होटल तथा पर्यटन उपसमूह १.७५ प्रतिशत र जलविद्युत उपसमूह १.३६ प्रतिशतले घटेको छ। यस दिनको कारोबारपछि बजार पूँजीकरण ४५ खर्ब २३ अर्ब ६३ करोड रुपैयाँ कायम भएको छ।

    The Nepal Stock Exchange (NEPSE) index closed sharply lower on Sunday, shedding double digits on the first trading day of the week. The benchmark index declined by 19.85 points to settle at 2,694.20, slipping below the 2,700-point level.

    Along with the benchmark index, other indices also ended in negative territory. The Sensitive Index dropped by 2.76 points, while the Float Index fell by 1.43 points and the Sensitive Float Index declined by 0.94 points, reflecting overall weakness in the market.

    Market turnover also declined notably on Sunday. A total of 22.06 million shares of 260 listed companies were traded, generating a turnover of NPR 9.10 billion. In contrast, the previous trading session on Thursday had recorded a much higher turnover of NPR 14.56 billion.

    In terms of price gainers, Mithila Laghubitta Bittiya Sanstha emerged as the top performer, with its share price rising by 9.70 percent. Crest Micro Life Insurance also posted a strong gain of 8.19 percent. On the losing side, Corporate Development Bank traded at the negative circuit level, while Rawa Energy Development Company’s share price declined by 9.34 percent.

    Based on transaction value, Ankhu Khola Hydropower Company led the market with shares worth NPR 552 million traded during the session. Similarly, SY Panel Nepal recorded a transaction volume of NPR 536.4 million.

    Out of the 13 sub-indices that were traded on Sunday, only the Trading sub-index managed to close marginally higher. The Hotel and Tourism sub-index declined by 1.75 percent, while the Hydropower sub-index fell by 1.36 percent. Following the day’s trading, the total market capitalization stood at NPR 45.23 trillion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026