NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Surges Above 2800, Strong Momentum Backed by Fundamentals and Technicals
    नेप्से २८०० माथि, लाभांशको आशा र प्राविधिक ब्रेकआउटसँगै बजारमा उत्साह
    Investor
    2 min read
    Published on August 27, 2025
    NEPSE TRADING

    नेप्से २८०० माथि, लाभांशको आशा र प्राविधिक ब्रेकआउटसँगै बजारमा उत्साहNEPSE Surges Above 2800, Strong Momentum Backed by Fundamentals and Technicals

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार बलियो उकालो लागेको छ। सूचीकृत कम्पनीहरूले आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै सम्भावित लाभांशबारे लगानीकर्ताले आकलन गर्न थालेसँगै बजारमा लगातार तीन दिनदेखि सुधार भएको हो। बुधबार मात्र नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० विन्दुमा पुगेको छ। करिब ११ कारोबार दिनपछि नेप्से फेरि २८०० विन्दुभन्दा माथि उक्लन सफल भएको हो।

    कारोबार रकममा ठूलो उछाल

    मंगलबारको ४ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबारसँगै बुधबार बजारमा कारोबार रकम ७ अर्ब ६८ करोड रुपैयाँ नाघेको छ। यस दिन १३ वटै उपसमूह हरित बने, जसमध्ये विकास बैंक उपसमूह ३.४० प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो।

    लाभांशको अपेक्षा र कम्पनीको नाफा

    सार्वजनिक भएका वित्तीय विवरणअनुसार धेरैजसो कम्पनीको नाफा बढेको छ। यससँगै लाभांश वितरण गर्ने क्षमता पनि स्पष्ट हुन थालेको छ। कतिपय म्युचुअल फण्डहरूले गत वर्षको प्रतिफलसमेत घोषणा गरिसकेका छन्। विशेषगरी, बैंकहरूको रिकभरी मजबुत रहेकाले नाफा बढेको र लाभांश क्षमता अझ बलियो भएको देखिन्छ।

    लघुवित्त र राष्ट्र बैंकको व्यवस्था

    अधिकांश लघुवित्तीय संस्थाले पनि सुधारिएको वित्तीय विवरण सार्वजनिक गरेका छन्। नेपाल राष्ट्र बैंकले आइतबार ल्याएको नयाँ व्यवस्थाअनुसार लघुवित्तहरूले आफ्नो पुँजीकोष र खराब कर्जाको आधारमा २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन्। यसले लगानीकर्ताको अनिश्चितता हटाएको छ।

    जलविद्युत् र अन्य कम्पनीको प्रभाव

    ब्याजदर न्यून भएकाले जलविद्युत् कम्पनीहरूको नाफा बढेको छ। त्यस्तै, संस्थापक र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै आइजिन नम्बर दिने विषयले केही समय बजारमा दबाब बढाए पनि धितोपत्र बोर्डले त्यसलाई समाधान गर्ने पहल गरेसँगै बजारमा सकारात्मक सन्देश गएको छ।

    नीति र तरलताको सहयोग

    वर्तमान मौद्रिक र वित्तीय नीति दुवै बजारमैत्री देखिएका छन्। बैंकहरूले सेयर धितो कर्जा बढाएका छन् भने राष्ट्र बैंकले सीमा बढाउँदै जोखिमभार घटाएको छ। गत वर्ष मात्र बैंक तथा वित्तीय संस्थाले ५० अर्ब रुपैयाँभन्दा बढी सेयर धितो कर्जा प्रवाह गरेका थिए। यस वर्ष अझै बढ्ने अनुमान गरिएको छ।

    करिब डेढ वर्षदेखि बैंक तथा वित्तीय संस्थामा तरलता प्रचुर छ। यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले हप्तामा दुई दिन नियमित रूपमा निक्षेप संकलन गरिरहेको छ। बैंकहरूले ऋणी खोज्दै हिँड्नु परेको अवस्था देखिनु पनि बजारप्रति सकारात्मक सङ्केत भएको छ।

    बजारका प्रमुख चलायमान सेयर

    बुधबार विकास हाइड्रोपावर फेरि पनि सकारात्मक सर्किटमा कारोबार भयो। समता लघुवित्त करिब ९ प्रतिशत बढ्यो भने ग्रीन भेन्चर्स ८ प्रतिशतभन्दा बढीले उक्लियो। तर, केबिएल डिबेञ्चर २०८६ भने ५.७९ प्रतिशतले घट्यो।

    कारोबार रकममा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो, जसको कारोबार ६५ करोड रुपैयाँ नाघ्यो। नेपाल पुनर्बीमा कम्पनी ५५ करोड र ग्रीन भेन्चर्स ४६ करोड रुपैयाँभन्दा बढीमा कारोबार भए।

    प्राविधिक विश्लेषण : तीन प्रतिरोध भत्काउँदै बजार माथि

    प्राविधिक विश्लेषक अजित खनालका अनुसार बजारले मंगलबार बनेको इनभर्टेड ह्याम्बर क्यान्डलको उच्चलाई तोड्दै बुधबार बलियो बुलिस माराबोजु क्यान्डल बनाएको छ।
    यस दिन नेप्सेले एकैसाथ ५० दिनको मूभिङ एभरेज (50MA), ५०% फिबोनाची रिट्रेसमेन्ट र बोलिन्जर ब्यान्डको मिडल लाइन तीनवटै महत्वपूर्ण अवरोधलाई पार गरेर बन्द भएको हो। यी प्रतिरोधहरू हटेपछि बजार अझै माथि चढ्ने सम्भावना बलियो भएको प्राविधिक विश्लेषकहरूको भनाइ छ।

    खनालका अनुसार बजारले अघिल्लो दिन दिएको वन क्यान्डल बाई संकेतलाई सम्मान गरेको देखिन्छ।

    ब्रोकर विश्लेषण : ठूला खेलाडीको सक्रियता

    ठूला १० ब्रोकरमध्ये ६ वटाले बढी किनबेच (Buy) गरेका छन् भने ४ वटाले बढी बिक्री (Sell) गरेका छन्।
    ब्रोकर नं. ५८, ४५, ४२, ४८, ३५ र ३८ खरिदतर्फ सक्रिय देखिए भने ३४, ४९, ४४ र ५७ बिक्रीतर्फ सक्रिय देखिए।

    ब्रोकर ५८ बाट मात्रै लगानीकर्ताले :

    • जीभीएल (ग्रीन भेन्चर्स): ५ लाख ५७ हजार कित्ता खरिद, एभरेज मूल्य ५७०

    • एचपीपीएल: १ लाख १७ हजार कित्ता

    • एलईसी: १ लाख ४ हजार कित्ता

    तर सोही ब्रोकरबाट जीभीएल ६ लाख ३७ हजार कित्ता बिक्री भएको छ।

    यता, नेप्से ट्रेडिङको एआई ट्राफिक लाइट सिस्टमले मंगलबार नै हरियो सङ्केत (Buy Signal) दिएको थियो, जुन बजारले बुधबार पुष्टि गरिदिएको छ।

    The Nepal Stock Exchange (NEPSE) continued its upward rally on Wednesday as listed companies began publishing their annual financial reports. With dividend expectations rising, investors have driven the market up for three straight sessions. On Wednesday alone, the NEPSE index surged by 53.01 points to close at 2819.10, crossing the 2800 level for the first time in 11 trading days.

    Trading Volume Jumps

    Market turnover also recorded a significant increase. Compared to Tuesday’s NPR 4.18 billion, Wednesday’s trading soared to NPR 7.68 billion. All 13 sectoral indices closed in green, with the Development Bank sub-index gaining the most at 3.40 percent.

    Dividend Expectations Drive Sentiment

    Most companies have reported improved profitability, strengthening their dividend distribution capacity. Several mutual funds have already declared last year’s returns. Strong recovery in commercial banks has further boosted profit margins and dividend potential, while microfinance companies also presented improved financial statements.

    Recently, Nepal Rastra Bank (NRB) issued a directive allowing microfinance institutions to distribute up to 25 percent dividends based on capital adequacy and non-performing loan ratios. This removed uncertainty surrounding microfinance dividends, bringing investors back into the market.

    Hydropower companies have also posted stronger profits due to low interest rates. On the regulatory side, confusion caused by the plan to issue separate ISIN numbers for promoter and ordinary shares was eased after the Securities Board of Nepal (SEBON) stepped in to resolve the matter.

    Policy Support and Liquidity

    Both fiscal and monetary policies remain market-friendly. NRB has increased the ceiling on share-backed lending and reduced risk weight, encouraging banks to expand credit against shares. Last year alone, banks and financial institutions disbursed over NPR 50 billion in margin lending, a figure expected to rise further this year.

    Meanwhile, excess liquidity has persisted in the financial system for nearly 18 months. To manage it, NRB has been regularly mopping up funds twice a week through deposit collection auctions. Banks are actively seeking borrowers, a sign that liquidity conditions remain supportive for capital markets.

    Major Movers

    On Wednesday, Vikas Hydropower once again hit the positive circuit level, while Samata Microfinance jumped nearly 9 percent and Green Ventures gained more than 8 percent. On the downside, the KBL Debenture 2086 fell the most, dropping 5.79 percent.

    In terms of trading volume, Himalayan Reinsurance topped the chart with transactions worth over NPR 650 million. Nepal Reinsurance followed with NPR 550 million, and Green Ventures recorded more than NPR 460 million.

    Technical Analysis: Strong Breakout Above Key Levels

    Technical analyst Ajit Khanal highlighted that the market broke above the high of Tuesday’s Inverted Hammer candle, forming a strong Bullish Marubozu candle. NEPSE closed above three key resistance levels simultaneously—50-day Moving Average (50MA), 50% Fibonacci retracement, and the middle Bollinger Band. Analysts believe this breakout opens the door for further upside momentum.

    Khanal added that the “One Candle Buy” signal from the previous session was respected by the market, reinforcing bullish sentiment.

    Broker Analysis: Big Players Back in Action

    An analysis of the top 10 brokers showed that 6 brokers recorded higher buy-side trades compared to 4 brokers with higher sell activity. Major brokers such as 58, 45, 42, 48, 35, and 38 were net buyers, while brokers 34, 49, 44, and 57 were net sellers.

    From Broker 58 alone, investors purchased:

    • GVL (Green Ventures): 557,000 shares at an average price of NPR 570

    • HPPL (Himal Power): 117,000 shares

    • LEC (Liberty Energy): 104,000 shares

    On the sell side, Broker 58 recorded 637,000 shares of GVL sold.

    Interestingly, Nepse Trading’s AI Traffic Light System had already flashed a green signal the day before, hinting at the bullish breakout.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026