
नीतिगत अन्योल र अनुसन्धानको दबाबमा नेप्से, लगानीकर्ता थप सतर्कNEPSE Under Pressure Amid Policy Uncertainty and Investigation Concerns, Investors Turn More Cautious
नेपालको शेयर बजार पछिल्ला दिनमा पुनः दबाबमा देखिएको छ। नयाँ सरकार गठनपछि बजारले सुधारको संकेत दिने अपेक्षा गरिएको भए पनि नेप्से परिसूचक निरन्तर कमजोर हुँदै गएको छ। राजनीतिक परिवर्तनपछि सामान्यतया बजारमा देखिने उत्साह यसपटक लामो समय टिक्न सकेको छैन।
बिहीबार पनि नेप्से परिसूचक ८.५० अंकले घटेर २६५१.५२ बिन्दुमा बन्द भएको छ। यो फागुन १३ गतेयताकै न्यून स्तर हो। पछिल्लो एक महिनामा परिसूचक करिब १३५ अंकले घटिसकेको छ। लगातार चौथो कारोबार दिन बजार ओरालो लागेपछि लगानीकर्ताको मनोबल थप कमजोर बनेको देखिन्छ।
कारोबार रकम पनि घटेर २ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ। बजारमा परिसूचकसँगै कारोबार रकम घट्नुले खरिदकर्ताको उपस्थिति अझै बलियो बन्न नसकेको देखाउँछ। बजारमा जोखिम लिन चाहने लगानीकर्ताभन्दा पर्ख र हेरको रणनीति अपनाउने लगानीकर्ता बढी देखिएका छन्।
बजारमा देखिएको गिरावटलाई आर्थिक सूचकसँग मात्र जोडेर हेर्न कठिन देखिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान, धितोपत्र कारोबारमा सम्भावित अनियमिततामाथिको निगरानी, बीमा क्षेत्रसम्बन्धी अनुसन्धान र ठूला कारोबारीमाथि बढेको सरकारी चासोले लगानीकर्तामा मनोवैज्ञानिक दबाब थपिएको बजार वृत्तमा बुझाइ छ।
नियामक तथा सरकारी निकायको निगरानी बढेपछि केही ठूला कारोबारी आक्रामक रूपमा बजारमा नदेखिएको विश्लेषण गरिएको छ। शेयर मूल्य कृत्रिम रूपमा उचाल्ने, समूहगत कारोबार गर्ने, भित्री सूचना प्रयोग गर्ने वा सर्वसाधारण लगानीकर्तालाई प्रभावित पार्ने गतिविधिमाथि कडाइ हुने संकेतले बजारको कारोबार शैलीसमेत सतर्क बनेको देखिन्छ।
सरकारप्रतिको लगानीकर्ताको विश्वास पनि अझै पूर्ण रूपमा फर्किन सकेको देखिँदैन। बजेटमा पूँजी बजारप्रति सकारात्मक संकेत दिइए पनि त्यसलाई कार्यान्वयन गर्ने स्पष्ट कानुनी र नीतिगत व्यवस्था नदेखिएको गुनासो लगानीकर्ता वृत्तमा छ। यही कारण आगामी मौद्रिक नीतिलाई बजारले विशेष चासोका साथ हेरिरहेको छ।
असार मसान्त नजिकिँदै जाँदा वित्तीय दबाब पनि बजारमा थपिएको छ। बैंक तथा वित्तीय संस्थासँगको कर्जा हिसाब मिलान, मार्जिन व्यवस्थापन र वर्षान्तका अन्य वित्तीय दायित्व पूरा गर्न केही लगानीकर्ताले शेयर बिक्री गरेको अनुमान गरिएको छ। यसले अल्पकालीन रूपमा बजारमा बिक्री चाप बढाएको देखिन्छ।
बिहीबारको कारोबारमा ८३ कम्पनीको शेयर मूल्य बढ्दा १७२ कम्पनीको मूल्य घटेको छ। उत्पादन तथा प्रशोधन समूहबाहेक सबै उपसूचक नकारात्मक रहे। यसले बजारको कमजोरी कुनै एक क्षेत्रमा मात्र सीमित नभई धेरै समूहमा फैलिएको संकेत गर्छ।
हालै सूचीकृत टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले बढेको छ। अर्कोतर्फ भुजुङ हाइड्रोपावर, सीवाईसी लघुवित्त र भगवती हाइड्रोपावरका लगानीकर्ताले बढी घाटा बेहोरेका छन्। कारोबार रकमका आधारमा सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी विकास बैंक, आँखुखोला जलविद्युत् कम्पनी र नेपाल एसबीआई बैंक अगाडि देखिएका छन्।
अब प्राविधिक पक्ष हेर्दा बिहीबारको डे–चार्टले बजार अझै कमजोर संरचनामा रहेको संकेत गर्छ। नेप्सेले २६५६.२९ बिन्दुबाट कारोबार सुरु गरेको थियो। कारोबार अवधिमा परिसूचक २६६३.४७ बिन्दुसम्म पुगे पनि त्यसपछि बिक्री चाप बढ्दा २६४३.५९ बिन्दुसम्म झरेको देखिन्छ। अन्तिममा बजार २६५१.५२ बिन्दुमा बन्द भयो।
आज बनेको क्याण्डल सानो बडी भएको रातो स्पिनिङ टप प्रकृतिको देखिन्छ। यस्तो क्याण्डलले बजारमा खरिदकर्ता र विक्रेताबीच दिनभर तानातान भएको संकेत गर्छ। तल्लो विन्दुबाट केही रिकभरी भए पनि बजार दिनको सुरुवाती विन्दुभन्दा तल बन्द भएकाले अन्त्यमा विक्रेता पक्ष नै तुलनात्मक रूपमा बलियो देखिएको छ।
चार्टमा देखिएको BOS अर्थात् Break of Structure ले पुरानो सपोर्ट संरचना भत्किएको संकेत गर्छ। यसले छोटो अवधिमा बजारको प्रवृत्ति अझै कमजोर रहेको देखाउँछ। नेप्सेले पछिल्ला दिनमा तल्लो उच्च विन्दु र तल्लो न्यून विन्दु बनाउँदै गएको देखिन्छ, जुन प्राविधिक रूपमा दबाबयुक्त बजारको संकेत हो।
त्यसैगरी CHoCH अर्थात् Change of Character संकेतले बजारको चाल परिवर्तन भएको देखाउँछ। पहिले देखिएको सुधार प्रयास टिक्न नसकी बजार फेरि बिक्री दबाबमा गएको देखिन्छ। CHoCH पछि आएको BOS ले बजारमा विक्रेता पक्ष थप हाबी भएको संकेत गरेको छ।
चार्टअनुसार २७२८ बिन्दु आसपास पहिलो महत्वपूर्ण प्रतिरोध क्षेत्र देखिन्छ। नेप्से यो विन्दुमाथि टिक्न नसक्दासम्म बजारमा मजबुत सुधार आएको निष्कर्ष निकाल्न कठिन हुन्छ। त्यसपछि २८०१ र २८७९ बिन्दु आसपास थप प्रतिरोध क्षेत्र देखिन्छन्।
तल्लो भागमा २६०९ बिन्दु आसपास प्रमुख सपोर्ट क्षेत्र देखिएको छ। बिहीबार बजारले २६४३.५९ बिन्दुसम्म न्यून विन्दु बनाए पनि २६०९ को सपोर्ट अझै कायम छ। तर २६५० आसपासको क्षेत्र कमजोर बनेमा नेप्सेले २६०९ बिन्दु परीक्षण गर्न सक्ने जोखिम प्राविधिक रूपमा देखिन्छ।
समग्रमा, नेप्से अहिले अनुसन्धानको मनोवैज्ञानिक दबाब, असार मसान्तको वित्तीय दबाब र आगामी मौद्रिक नीतिप्रतिको प्रतीक्षाबीच अघि बढिरहेको छ। कारोबार रकम कमजोर हुनु, धेरैजसो उपसूचक घट्नु र चार्टमा कमजोर संरचना देखिनुले बजारमा तत्काल बलियो आत्मविश्वास फर्किन नसकेको संकेत गर्छ।
अब बजारको आगामी दिशा २६०९ बिन्दुको सपोर्ट र २७२८ बिन्दुको प्रतिरोधले निर्धारण गर्ने देखिन्छ। २७२८ बिन्दुमाथि कारोबार टिकेमा बजारले केही राहत पाउन सक्छ। तर २६०९ बिन्दु कमजोर बनेमा नेप्सेमा थप दबाब देखिन सक्ने सम्भावना रहन्छ।
Nepal’s stock market has come under renewed pressure in recent days. Although expectations were high that the formation of a new government would bring positive momentum, the NEPSE index has continued to weaken. The usual post-political-change optimism has not sustained this time.
On Thursday, the NEPSE index declined by 8.50 points to close at 2,651.52, marking its lowest level since February 25. Over the past month, the index has dropped by around 135 points. With the market falling for the fourth consecutive trading day, investor confidence appears to have weakened further.
Trading volume has also declined, with total turnover limited to Rs 2.83 billion. The simultaneous drop in both the index and trading volume indicates that buying interest remains weak. More investors seem to be adopting a wait-and-see approach rather than taking on risk.
The recent market decline cannot be attributed solely to economic indicators. Market participants believe that ongoing investigations related to money laundering, scrutiny over potential irregularities in securities trading, probes in the insurance sector, and increased government attention toward large traders have added psychological pressure on investors.
With tighter regulatory oversight, some large investors are reportedly less active in aggressive trading. Signals of stricter action against practices such as price manipulation, coordinated trading, insider trading, and influencing retail investors have made overall market behavior more cautious.
Investor confidence in the government also appears to be only partially restored. Although the budget included positive signals for the capital market, investors have expressed concerns over the lack of clear legal and policy frameworks for implementation. As a result, the upcoming monetary policy is being closely watched.
As the fiscal year-end approaches, financial pressure has also increased in the market. Investors are believed to be selling shares to settle loans with banks and financial institutions, manage margins, and meet other year-end financial obligations. This has contributed to increased selling pressure in the short term.
On Thursday, share prices of 83 companies increased, while 172 declined. Except for the manufacturing and processing sector, all sub-indices ended in negative territory, indicating that the weakness is widespread across sectors rather than confined to a specific group.
Recently listed Taksar Pikhuwa Khola and Yambling Hydropower saw their share prices rise by 15 percent. On the other hand, investors in Bhujung Hydropower, CYC Microfinance, and Bhagwati Hydropower faced significant losses. In terms of trading volume, Sopan Pharmaceuticals, Reliance Spinning Mills, Saptakoshi Development Bank, Aankhu Khola Hydropower, and Nepal SBI Bank led the market.
From a technical perspective, Thursday’s daily chart suggests that the market remains structurally weak. NEPSE opened at 2,656.29 and reached an intraday high of 2,663.47 before selling pressure pushed it down to a low of 2,643.59. The index eventually closed at 2,651.52.
The candlestick formed is a small-bodied red spinning top, indicating a tug-of-war between buyers and sellers throughout the day. Although there was some recovery from the intraday low, the market closed below its opening level, suggesting that sellers held a slight advantage by the end of the session.
The chart shows a Break of Structure (BOS), indicating that previous support levels have been broken. This suggests that the short-term trend remains weak. NEPSE has been forming lower highs and lower lows in recent sessions, a typical sign of a bearish market structure.
Similarly, the Change of Character (CHoCH) signal indicates a shift in market behavior. Earlier attempts at recovery failed to sustain, and the market has returned to selling pressure. The BOS following the CHoCH further confirms that sellers are currently dominating the market.
According to the chart, the first major resistance level lies around 2,728 points. It will be difficult to conclude that a strong recovery has begun unless NEPSE sustains above this level. Additional resistance levels are seen around 2,801 and 2,879 points.
On the downside, a key support level is identified around 2,609 points. Although the market dipped to 2,643.59 on Thursday, the 2,609 support remains intact. However, if the area around 2,650 weakens, there is a technical risk that NEPSE could test the 2,609 level.
Overall, NEPSE is currently navigating through psychological pressure from ongoing investigations, financial stress related to the fiscal year-end, and anticipation of the upcoming monetary policy. Weak trading volume, widespread declines across sectors, and a fragile technical structure indicate that strong investor confidence has yet to return.
The market’s near-term direction is likely to be determined by the support at 2,609 and resistance at 2,728. Sustaining above 2,728 could provide some relief, while a breakdown below 2,609 may lead to further downside pressure.



