नेप्से १८ अंकले उकालो, कारोबार घट्दा पनि “टुइटर बटम” भ्यालिड
Author
NEPSE TRADING

मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले उकालो लागेको नेप्सेले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९.९९ विन्दुमा पुगेको छ।
परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा मंगलबार ३२५ स्टकको ५५ हजार ७८ पटकको कारोबारमा ३ अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँ बराबरको ७८ लाख ४ हजार कित्ता शेयर किनबेच भएको छ।
यस दिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक र एसवाई प्यानल नेपालको शेयर मूल्य सर्किट लेभलमा पुगेको हो। त्यस्तै, बाराही हाइड्रोपावरको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ भने लुम्बिनी विकास बैंकको शेयर करिब ६ प्रतिशतले उक्लिएको छ। कारोबारमा आएको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयर मूल्य भने सर्वाधिक ४.१६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा मंगलबार ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १९ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसपछि लुम्बिनी विकास बैंकको करिब साढे १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने हिमालयन रि–इन्स्योरेन्सको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये मंगलबार १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशतले बढेको छ। त्यस्तै, होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने सामान्य घटेको छ।
प्रविधिक विश्लेषण
प्रविधिक विश्लेषणतर्फ हेर्दा बजारले लामो समयपछि “वान क्यान्डल बाइ” सिग्नल दिएको छ। विश्लेषकका अनुसार बजार बन्द हुँदा २६०२ विन्दुभन्दा माथि क्लोज हुनुपर्ने सर्त पूरा भएकाले एक महत्वपूर्ण इन्डिकेटरबाट बाइ सिग्नल प्राप्त भएको हो। मंगलबार बजार बन्द हुँदा आरएसआई ५२.६६ बिन्दुमा रहेको छ, जसले अझै ‘पर्ख र हेर’ रणनीति उपयुक्त हुने संकेत गरेको विश्लेषण गरिएको छ। ११ क्यान्डलपछि हायर हाई बनेसँगै बजारमा “टुइटर बटम” पनि भ्यालिड भएको विश्लेषकहरूले बताएका छन्।
ब्रोकर विश्लेषण
ब्रोकर विश्लेषणतर्फ हेर्दा अघिल्लो दिन ठूला ब्रोकरबाट उच्च बिक्री देखिएको भए पनि मंगलबार बजारलाई सहयोग पुग्ने गरी ठूला ब्रोकरमार्फत उल्लेख्य खरिद भएको देखिन्छ। शीर्ष १० ब्रोकरमध्ये ७ वटा ब्रोकरबाट तुलनात्मक रूपमा बढी खरिद भएको छ भने ३ वटा ब्रोकरबाट मात्र बढी बिक्री भएको देखिएको छ।


