·
दशैंका लागि भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट सटही हुने
Author
NEPSE TRADING

आगामी भदौ २९ गतेदेखि असोज १० गतेसम्म दशैंका लागि नयाँ तथा सुकिला नोट सटही गर्न सकिने भएको छ।
नेपाल राष्ट्र बैंकले सूचना प्रकाशित गर्दै सर्वसाधारण तथा विभिन्न संघ–संस्थाका लागि तोकिएको मितिमा बैंकिङ कारोबार गर्ने क्रममा सुकिला नोट साट्ने व्यवस्था मिलाइएको जनाएको छ।
राष्ट्र बैंकका अनुसार, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रदेश कार्यालयहरू तथा इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मार्फत सुकिला नोट सटही गर्न सकिनेछ।
यस व्यवस्थाले दशैं पर्वमा प्रचलनमा आउने नयाँ तथा सुकिला नोटको माग सहज रुपमा पूरा गर्ने अपेक्षा गरिएको छ।