·

ठूला सेयरधनीको परिभाषामा नयाँ संशोधन, बैंकमा ०.५ प्रतिशत सेयर भएका ठुला

Author

NEPSE trading

ठूला सेयरधनीको परिभाषामा नयाँ संशोधन, बैंकमा ०.५ प्रतिशत सेयर भएका ठुला

नेपाल राष्ट्र बैंकले हालै गरेको नयाँ निर्देशन अनुसार, अब बैंक तथा वित्तीय संस्थामा कुल सेयरको ०.५ प्रतिशतभन्दा धेरै हिस्सा भएका व्यक्तिहरू ठूला सेयरधनीको रूपमा गणना हुने भएका छन्। यसअघि यो सीमा १ प्रतिशत रहेकोमा, अब यसलाई घटाएर ०.५ प्रतिशत कायम गरिएको छ। यस व्यवस्थापछि यस्ता सेयरधनीहरूले ठूला सेयरधनीहरू जस्तै नियमहरूको पालना गर्नुपर्नेछ।

  • ऋण सुविधा प्रतिबन्ध: ०.५ प्रतिशतभन्दा धेरै सेयर राख्ने सेयरधनीले आफूले लगानी गरेको बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने छैनन्।

  • विशेष सुविधा: यद्यपि, शत प्रतिशत नगद मार्जिनमा जमानत जारी गर्न, सीमासम्मको क्रेडिट कार्ड सुविधा, मुद्दती रसिद तथा नेपाल सरकार र राष्ट्र बैंकको धितोमा ऋण भने लिन सक्नेछन्।

  • संस्थागत सेयरधनी: यदि सेयरधनी कुनै संस्था हो भने, १ प्रतिशतसम्मको सेयर रहेको खण्डमा सम्बन्धित संस्थाबाट ऋण सुविधा प्राप्त गर्ने व्यवस्था यथावत् छ।

  • नाम सूची पठाउने प्रावधान: ०.५ प्रतिशतभन्दा धेरै सेयरधनीहरूको नाम अर्धवार्षिक रूपमा राष्ट्र बैंकको सुपरिवेक्षण विभागमा पठाउनुपर्नेछ।

राष्ट्र बैंकले स्वार्थ बाझिन नदिन तथा सेयरधनी र बैंकबीचको पारदर्शिता कायम राख्न यो सीमा तय गरेको हो। प्रस्तावित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको संशोधनमा १ प्रतिशतभन्दा बढी सेयर राख्ने सेयरधनीले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था रहेको छ।

Related News