·

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स कमिसनका आधारमा दिन खोजीयो-प्रचण्ड

Author

Nepse trading

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स कमिसनका आधारमा दिन खोजीयो-प्रचण्ड

प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स कमिसनका आधारमा दिन खोजेको आरोप लगाएका छन्। बिहीबार संसदमा सम्बोधन गर्दै उनले यस्तो महत्वपूर्ण आर्थिक संस्थाको लाइसेन्स खुला प्रतिस्पर्धाका आधारमा वितरण गर्नुपर्ने माग गरे। साथै, सरकारको गलत नीतिले आन्तरिक तथा बाह्य ऋणको भार बढ्दै गएको र भावी पुस्तामाथि करको बोझ थपिएको बताउँदै उनले सरकार मिथ्या तथ्यांक प्रस्तुत गरेर आत्मरति गरिरहेको आरोप लगाए।

उनले पूर्वाधार विकासमा सरकारको कमजोरी औंल्याउँदै सिद्धबाबा सुरुङमार्गको प्रगति ४०.१८ प्रतिशत र नारायणघाट सडकखण्डको प्रगति ५३.३ प्रतिशतमा सीमित रहेको उल्लेख गरे। पूँजीगत खर्च मात्र १६ प्रतिशत भएको भन्दै सरकारले नयाँ आयोजनाका ठेक्का लगाउन नसकेको र समग्र कार्यशैली नै कमजोर रहेको गम्भीर आरोप लगाए।

Related News