
राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.पौडेलले लिए प्रधानन्यायाधीशबाट शपथ Newly appointed Governor of Nepal Rastra Bank, Dr. Paudel, takes oath from the Chief Justice.
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज शपथ ग्रहण गरेका छन्। जेष्ठ ७ गते, बुधबार बिहान सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट उनले शपथ लिएका हुन्। शपथ ग्रहण गरेसँगै डा. पौडेलले राष्ट्र बैंकमा गभर्नरको पदभार ग्रहण गर्न तयारी गरिरहेको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिएका छन्। सरकारले मंगलबार मन्त्रिपरिषद्को निर्णयबाट डा. पौडेललाई गभर्नर पदमा नियुक्त गरेको थियो। नेपालको संविधान अनुसार राष्ट्र बैंकको गभर्नरले प्रधानन्यायाधीशबाट नै शपथ लिनुपर्ने व्यवस्था छ।
Dr. Bishwanath Paudel, the newly appointed Governor of Nepal Rastra Bank, has officially taken his oath of office. On Wednesday morning, Jeth 7, 2082 (May 21, 2025), Dr. Paudel was sworn in by Chief Justice Prakashman Singh Raut at the Supreme Court. Following the oath-taking ceremony, Dr. Paudel is set to assume his responsibilities at Nepal Rastra Bank, confirmed by the bank’s spokesperson Ramu Paudel. Dr. Paudel was appointed as Governor on Tuesday through a decision of the Council of Ministers. As per constitutional provision, the Governor of Nepal Rastra Bank must take the oath before the Chief Justice.




