·

एनआईबिएल ग्रोथ फण्ड, मेगा म्युचुअल फण्ड–१ र एनआईबिएल समृद्धि फण्ड–२ को लाभांश घोषणा

Author

NEPSE TRADING

एनआईबिएल ग्रोथ फण्ड, मेगा म्युचुअल फण्ड–१ र एनआईबिएल समृद्धि फण्ड–२ को  लाभांश घोषणा

काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेड (NIMB Ace Capital) ले व्यवस्थापन गर्ने एनआईबिएल ग्रोथ फण्ड (NIBLGF), मेगा म्युचुअल फण्ड–१ (MMF1) र एनआईबिएल समृद्धि फण्ड–२ (NIBSF2) ले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेका छन्।

भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको १३८औं बैठकले एनआईबिएल ग्रोथ फण्डका एककधारकलाई १० प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने, जसको कुल मूल्य करिब १३.२ करोड रुपैयाँ हुने निर्णय गरेको छ।

त्यस्तै, एनआईबिएल समृद्धि फण्ड–२ (NIBSF2) का एककधारकलाई ७ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने, जसको मूल्य करिब १०.५ करोड रुपैयाँ हुने भएको छ।

यस्तै, मेगा म्युचुअल फण्ड–१ (MMF1) का एककधारकलाई ११.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरिएको छ। यस फण्डले करिब १४.६८ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।

यी सबै फण्डहरू १० वर्षे अवधिको बन्दमुखी (closed-end) म्युचुअल फण्ड हुन्। यी फण्डहरू नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (NIMB) द्वारा प्रवर्द्धन गरिएको र एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको हो।

श्रावण महिनासम्मको विवरणअनुसार, एनआईबिएल ग्रोथ फण्डको नेभ (NAV) रु. ११.०३, एनआईबिएल समृद्धि फण्ड–२ को नेभ रु. १०.७७ र मेगा म्युचुअल फण्ड–१ को नेभ रु. ११.१८ रहेको छ।

लाभांश वितरण प्रयोजनका लागि भदौ २७ गते बुक क्लोज मिति तोकिएको छ। यसअनुसार, भदौ २६ गतेसम्म एकक कायम राख्ने लगानीकर्ताले मात्र लाभांश प्राप्त गर्नेछन्।

Related News