
एनआईसी एशिया बैंकका ग्राहकलाई चिरोप्र्याक्टिक तथा म्यानुअल थेरापी सेन्टरमा १०% सम्म छुटNIC Asia Bank Customers to Get Up to 10% Discount at Chiropractic and Manual Therapy Centre
एनआईसी एशिया बैंकले चिरोप्र्याक्टिक एण्ड म्यानुअल थेरापी सेन्टरसँग साझेदारी गर्दै आफ्ना ग्राहकका लागि विशेष छुट सुविधा उपलब्ध गराउने भएको छ। अब बैंकका ग्राहकले बालुवाटार, त्रिपुरेश्वर, काठमाडौं र बुटवलस्थित सेन्टरका शाखाहरूमा सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउनेछन्।
ग्राहकहरूले बैंकका डेबिट, क्रेडिट, प्रिपेड कार्ड वा MoBank एप प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गरेपछि छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
यो सहकार्यले ग्राहकहरूको स्वास्थ्य आवश्यकतामा सहयोग पुर्याउनेसँगै देशभर डिजिटल तथा क्यासलेस भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको बैंकको भनाइ छ।
NIC Asia Bank has partnered with the Chiropractic and Manual Therapy Centre to provide special discounts to its customers. Under this collaboration, customers can receive up to 10% discount on services at the Centre’s branches located in Baluwaatar, Tripureshwor, Kathmandu, and Butwal.
The discount can be availed by making digital payments through NIC Asia Bank’s debit, credit, or prepaid cards, as well as the MoBank mobile app, the bank said.
According to the bank, the partnership aims to support customers’ healthcare needs while also promoting digital and cashless payment systems across Nepal.




