·

एनआईसी एशिया बैंकले आजदेखि ५ अर्बको ऋणपत्र निष्काशन गर्दै

Author

NEPSE trading

एनआईसी एशिया बैंकले आजदेखि ५ अर्बको ऋणपत्र निष्काशन गर्दै

एनआईसी एशिया बैंक लिमिटेडले आजदेखि ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ निष्काशन तथा बिक्री खुला गरेको छ। १० वर्षे अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिनेछ। बैंकले प्रतिऋणपत्र रु. १,००० अंकित दरमा ५ अर्ब बराबरको ५० लाख कित्ता निष्काशन गर्न लागेको हो।

जसमध्ये ६०% (३० लाख कित्ता) व्यक्तिगत र ४०% (२० लाख कित्ता) सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणका लागि १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम २५ देखि अधिकतम २५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन चैत २८ देखि वैशाख ८ सम्म खुला रहनेछ।

प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको यो ऋणपत्रमा आस्बा र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ। इन्फोमेरिक्सले बैंकलाई ‘ट्रिपल बी प्लस’ रेटिङ प्रदान गरेको छ।

Related News