एनआईसी एशिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवालाई विस्तार गर्दै ‘वन स्टप आईपीओ फ्यासिलिटेसन’ सेवा सुरु
Author
NEPSE TRADING

एनआईसी एशिया क्यापिटलले आफ्नो मर्चेन्ट बैंकिङ सेवा विस्तार गर्दै कम्पनी स्थापना देखि आइपीओ निष्काशनसम्म आवश्यक सम्पूर्ण परामर्श उपलब्ध गराउने ‘आईडिया टु आइपीओ’ कार्यक्रमलाई अझ परिमार्जन गरी ‘वन स्टप आईपीओ फ्यासिलिटेसन सर्भिसेज’ संचालनमा ल्याएको छ।
क्यापिटलका अनुसार, यो सेवा भविष्यमा साधारण शेयर आईपीओ जारी गर्ने योजना बनाइरहेका नयाँ प्रालि वा चलिरहेको सार्वजनिक कम्पनीहरूलाई लक्षित गरिएको छ।
आईडिया टु आइपीओ कार्यक्रमको प्रगति
क्यापिटलले छोटो अवधिमै ३४ कम्पनीसँग सम्झौता गरी २० प्रालि कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गर्ने प्रक्रिया अघि बढाएको छ। तीमध्ये ६ कम्पनीले IPO निष्काशन प्रक्रिया पूरा गरिसकेका छन्।
One Stop IPO Facilitation Services — के उपलब्ध हुन्छ?
यो सेवाबाट कम्पनीले स्थापना, स्केल-अप, विस्तार, वित्तीय संरचना व्यवस्थापनदेखि आईपीओ जारी गर्ने चरणसम्म आवश्यक पर्ने सम्पूर्ण सेवाहरू एकै ठाँउबाट प्राप्त गर्न सक्नेछ।
यस सेवाअन्तर्गत निम्न प्रमुख सुविधा उपलब्ध हुने क्यापिटलले जनाएको छ:
1. IPO–Readiness Assessment Test (RATE)
कम्पनीलाई आईपीओ जारी गर्न योग्य बनाउने उद्देश्यले RATE अन्तर्गत विस्तृत अध्ययन तथा GAP Analysis प्रतिवेदन तयार गरिन्छ।
RATE ले के–के जाँच गर्छ?
पूँजी संरचना
प्रबन्धपत्र–नियमावली
वित्तीय अवस्था
कर्पोरेट गभर्नेन्स
लगानीकर्ताको मनोविज्ञान
कानुनी तथा नियमनकारी सर्तहरूको पालना
कम्पनी आईपीओका लागि योग्य भएमा तुरुन्त प्रकृया सुरु गरिन्छ, अन्यथा सुधारका लागि आवश्यक रोडम्याप तयार गरी परामर्श प्रदान गरिन्छ।
2. कम्पनी दर्ता तथा कानूनी व्यवस्थामा सहजीकरण
नयाँ प्रालि वा लिमिटेड कम्पनी दर्ताका लागि आवश्यक कागजात तयार गर्ने
प्रबन्धपत्र, नियमावली अद्यावधिक गर्न सहयोग
नियमनकारी निकायसँग मिलाएर सम्पूर्ण कानूनी प्रक्रिया सहज बनाउने
3. Capital Restructuring Support
कम्पनीको पूँजी संरचना सुधार गर्न सहयोग, जसमा आवश्यक भए:
Debt Instruments
Convertible Securities
Equity Restructuring
आदि समावेश गरिनेछ।
4. शेयर मूल्यांकन तथा निष्काशन विधि चयन
कम्पनीको वित्तीय अवस्थाको आधारमा क्यापिटलले उचित मूल्य निर्धारण गरी—
Par Value
Premium
Book Building
मध्ये उपयुक्त विधि छान्न सुझाव दिन्छ।
5. OTC Listing र शेयर लगत व्यवस्थापन
OTC Markets मा शेयर सूचीकृत गरिदिने
पुराना/गलत कारोवारको दर्ता–खारेज तथा शेयरलगत अद्यावधिक सेवा
6. AGM/EGM तथा लाभांश व्यवस्थापन सहयोग
साधारणसभा सञ्चालन
लाभांश वितरण
प्रबन्धपत्र/नियमावली संशोधन
शेयर लगत प्रमाणिकरण, कम्पनी अद्यावधिक पत्र लगायतका सम्पूर्ण प्रक्रिया
कुन कम्पनीले यो सेवा लिन सक्छ?
एनआइसी एशिया क्यापिटलले सबै:
नयाँ प्रालि कम्पनी
आईपीओ निकाल्ने तयारीमा रहेका सार्वजनिक कम्पनी
पब्लिकमा रूपान्तरण हुन चाहने कम्पनी
लाई “One Stop IPO Facilitation Service” मा आवद्ध हुन आह्वान गरेको छ।
क्यापिटलले मर्चेन्ट बैंकिङ क्षेत्रलाई आधुनिक, सुविधाजनक र प्रभावकारी बनाउन यो सेवाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।



