धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको
कोष प्रवर्द्धक:
एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित खुलामुखी (Open-ended) योजना
एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड (NIC ASIA Dynamic Debt Fund)
को
योजनाको आकार
रु.२ अर्बबाट वृद्धि गरि रु.४ अर्ब कायम भएको सम्बन्धमा
यस एन आई सी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालन भई रहेको पहिलो खुलामुखी योजना एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड (NIC ASIA Dynamic Debt Fund - NICADF)) को आकार हाल कायम रु.२ अर्बबाट वृद्धि गरि रु.४ अर्ब कायम गर्न नेपाल धितोपत्र बोर्डबाट मिति २०८१/०३/०३ गते स्वीकृति प्राप्त भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । उक्त एन आई सी एशिया डाईनामिक डेप्ट फण्डको मिति २०८१/०१/१९ गतेको आर्थिक अभियान राष्ट्रिय दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरी इकाई बाँडफाँड स्थगित गरिएकोमा मिति २०८१/०३/०३ गते नेपाल धितोपत्र बोर्डबाट योजनाको आकार वृद्धि गर्न स्वीकृति प्राप्त भएकोले नयाँ इकाई खरिद गर्न तथा Systematic Investment Plan-SIP मार्फत प्राप्त भएको रकम वापतको इकाई पुनः बाँडफाँड गर्न सुचारु गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । साथै उक्त एन आई सी एशिया डाईनामिक डेप्ट फण्डको थप इकाई खरिद गर्न तथा Systematic Investment Plan-SIP मा दर्ता गर्न समेत पुनः सुचारु गरिएको व्यहोरा समेत जानकारी गराइँदछ ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत थप योजनाको इकाई डिम्याट एण्ड क्लियरिङ्ग लिमिटेडमा अभौतिकीकरणको लागि दर्ता भए पश्चात बाँडफाँड भएको इकाई सम्बन्धी इकाईधनीको हितग्राही खातामा जम्मा गरिदिने व्यवस्था मिलाईने व्यहोरा समेत यसै सूचना मार्फत जानकारीका लागि अनुरोध छ ।
योजना व्यवस्थापक तथा निष्काशन तथा बिक्री प्रबन्धक:
एन आई सी एशिया क्यापिटल लिमिटेड
ट्रेड टावर नेपाल, थापाथली, वडा नं. ११ काठमाडौं



