एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको “एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम (ELIS)” को प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) बाँडफाँड सम्पन्न भएको छ।
यस स्किम अन्तर्गत १० करोड इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाइ प्रवर्द्धक एनआईसी एशिया बैंक लिमिटेडले खरीद गरेको छ। बाँकी ८ करोड ५० लाख इकाइ प्रतिइकाइ अंकित मूल्य रु १० मा आमजनताका लागि सार्वजनिक रूपमा निष्काशन गरिएको थियो।
स्किमको कुल आकार १० अर्ब रुपैयाँ रहेको छ। यस स्किमको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड हो।
बाँडफाँडमा पारेको नतिजा मेरोशेयर पोर्टल (www.meroshare.cdsc.com.np), नेपाल स्टक एक्सचेन्जको वेबसाइट (www.nepalstock.com.np), एनआईसी एशिया क्यापिटलको वेबसाइट (www.nicasiacapital.com), र आईपीओ रिजल्ट पोर्टल (www.iporesults.cdsc.com.np) मार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।
एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किमले दीर्घकालीन लगानीकर्तालाई आकर्षक प्रतिफल दिने उद्देश्य राखेको छ।





