
Top
1 min read
NEPSE TRADING
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड को नाफामा तीव्र वृद्धि, तर लाभांश वितरण सम्भावना न्यून।NIC Asia Laghubitta Financial Institution Limited Reports Sharp Profit Growth, Dividend Payout Likely to Remain Low.
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार चैत मसान्तसम्म लघुवित्तले १० करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको १२ लाख ९८ हजार रुपैयाँको तुलनामा ८१३६.९८ प्रतिशतले बढी हो । खुद ब्याज आम्दानी ७२.२१ प्रतिशत र कुल सञ्चालन आम्दानी ६९.४५ प्रतिशतले वृद्धि हुँदा सञ्चालन मुनाफा ८३५६.०३ प्रतिशतले उकालो लागेको छ । यद्यपि नाफामा उल्लेख्य सुधार भए पनि वितरणयोग्य मुनाफा ३२ करोड ३७ लाख रुपैयाँ ऋणात्मक तथा प्रतिशेयर वितरणयोग्य आम्दानी २४.८१ रुपैयाँ ऋणात्मक रहेकाले यस वर्ष पनि लाभांश वितरण नगर्ने सम्भावना देखिएको छ । साथै, खराब कर्जा १६.५९ प्रतिशत पुगेकोले जोखिम अझै उच्च रहेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ८.२० रुपैयाँ पुगेको, पी/ई अनुपात ७४.१९ गुणा रहेको र प्रतिशेयर नेटवर्थ १२७.३५ रुपैयाँ रहेको छ। लघुवित्तको निक्षेप तथा सापटी ७.८६ प्रतिशत र कर्जा लगानी १२.३१ प्रतिशतले बढेको छ ।
NIC Asia Laghubitta Financial Institution Limited has published its unaudited financial report for the third quarter of the current fiscal year. As of mid-March, the company reported a net profit of NPR 10.69 crore, a significant rise of 8136.98% compared to NPR 12.98 lakh in the same period last year. The growth was driven by a 72.21% increase in net interest income and a 69.45% rise in total operating income, pushing operating profit up by 8356.03%. Despite this strong performance, the likelihood of dividend distribution remains low due to negative distributable profit of NPR 32.37 crore and negative distributable earnings per share of NPR 24.81. Additionally, the non-performing loan (NPL) ratio has increased to 16.59%, indicating ongoing risk. The EPS stands at NPR 8.20, P/E ratio at 74.19 times, and net worth per share at NPR 127.35. During the review period, deposits and borrowings grew by 7.86%, while loan investment increased by 12.31%.




