·

खुद ब्याज आम्दानीको बलमा एनआईसी एशिया लघुवित्तको खुद नाफा ३४६ प्रतिशतले बढ्यो

Author

NEPSE TRADING

खुद ब्याज आम्दानीको बलमा एनआईसी एशिया लघुवित्तको खुद नाफा ३४६ प्रतिशतले बढ्यो

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार खुद ब्याज आम्दानीमा भएको उल्लेख्य वृद्धिका कारण संस्थाको खुद नाफा उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा लघुवित्तले १ करोड ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ४२ लाख १४ हजार रुपैयाँको तुलनामा ३४६.४६ प्रतिशत बढी हो। यस अवधिमा खुद ब्याज आम्दानी ६४.६३ प्रतिशतले वृद्धि भए पनि खुद फि तथा कमिशन आम्दानी भने ९३.९८ प्रतिशतले घटेको छ। कुल सञ्चालन आम्दानी ६२.२६ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा ५०७.७७ प्रतिशतले उकालो लागेको छ। यद्यपि, वितरणयोग्य मुनाफा ३९ करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ४५ रुपैयाँ ७ पैसा ऋणात्मक छ। नाफा वृद्धिसँगै प्रतिशेयर आम्दानी १ रुपैयाँ ६८ पैसाले बढेर २ रुपैयाँ १६ पैसा पुगेको छ। पुस मसान्तसम्म संस्थाको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३० पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात २५८.३६ गुणा छ। १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३८ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्ममा संस्थाले २० अर्ब ५४ करोड ८७ लाख रुपैयाँ निक्षेप तथा सापटी संकलन गरी १८ अर्ब ७८ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

Related News