नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले “६% निफ्रा हरित ऊर्जा डिबेन्चर २०८८/८९” को आवेदन म्याद जेठ २२ गतेसम्मका लागि बढाएको छ। वार्षिक ६% ब्याजदर रहेको यो डिबेन्चरको अवधि ७ वर्षको छ र यो डिबेन्चर जेठ १८ गतेदेखि आवेदन खुला गरिएको थियो। कुल ५० लाख इकाई (प्रति इकाई रु. १,००० अंकित दरमा) मध्ये ६०% अर्थात् ३० लाख इकाई निजी संस्थागत लगानीकर्तामार्फत निष्काशन गरिनेछ भने बाँकी ४०% अर्थात् २० लाख इकाई रु. २ अर्ब बराबरको सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरूका लागि सार्वजनिक निष्काशन गरिनेछ। सार्वजनिक निष्काशनमा ५% अर्थात् १ लाख इकाई म्युचुअल फण्डका लागि छुट्याइएको छ। यस डिबेन्चरबाट कुल रु. ५ अर्ब संकलन गर्ने लक्ष्य लिएको छ। निष्काशन व्यवस्थापकको रूपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहनेछ। लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।

६% निफ्रा हरित ऊर्जा डिबेन्चर २०८८/८९ को आवेदन म्याद जेठ २२ गतेसम्म थपNIFRA Extends Deadline for “6% Harit Urja Debenture 2088/89” Till Jestha 22
Nepal Infrastructure Bank Limited (NIFRA) has officially extended the application deadline for its “6% Nifra Harit Urja Debenture 2088/89” until Jestha 22, 2082. The debenture, which offers a fixed annual interest rate of 6% and matures in 7 years, had originally opened for subscription on Jestha 18, 2082. A total of 50,00,000 units, each priced at a par value of Rs. 1,000, are being issued. Of this, 60% (30,00,000 units) are reserved for private placement, while 40% (20,00,000 units worth Rs. 2 Arba) are available to the general public and institutions through public issuance. Additionally, 5% of the public portion, equivalent to 1,00,000 units, is allocated for mutual funds. The total capital to be raised from this issuance amounts to Rs. 5 Arba. NIMB Ace Capital Limited is acting as the issue manager. Interested investors can apply for a minimum of 25 units and up to a maximum of 10,00,000 units.




