नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशतका दरले नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो।
भदौ १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशलाई अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले स्वीकृति दिनुपर्नेछ। नियामक निकायको स्वीकृतिपश्चात् बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले उक्त लाभांश प्राप्त गर्नेछन्।
Nepal Infrastructure Bank (NIFRA) has proposed a dividend distribution for its shareholders from the profits of the previous fiscal year. The bank has announced a cash dividend of 5.2632% (including tax) based on its current paid-up capital. The decision was made during the bank's Board of Directors meeting held on Bhadra 14. The proposed return is subject to regulatory approval from the Ministry of Finance and Nepal Rastra Bank. Shareholders will receive the payout only after it is officially endorsed by the bank's upcoming Annual General Meeting (AGM).