·
एनएलजी इन्स्योरेन्सले ७ प्रतिशत लाभांश घोषणा गर्यो
Author
NEPSE TRADING

एनएलजी इन्स्योरेन्स लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ। उक्त निर्णय पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकबाट गरिएको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।



