NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NLG Insurance Bonus Shares Deposited to DEMAT Accounts; Urgent Notice Issued for Share Dem...
    एनएलजी इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा जम्मा, शेयर अभौतिकीकरण गर्न अत्यावश्यक सूचना जारी
    Investor
    1 min read
    Published on November 3, 2025
    NEPSE trading

    एनएलजी इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा जम्मा, शेयर अभौतिकीकरण गर्न अत्यावश्यक सूचना जारीNLG Insurance Bonus Shares Deposited to DEMAT Accounts; Urgent Notice Issued for Share Dematerialization

    एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई २.५० प्रतिशत बोनस शेयर सम्बन्धित हितग्राही (डिम्याट) खातामा जम्मा गरेको जानकारी गराउँदै, हालसम्म पनि शेयर अभौतिकीकरण नगर्ने शेयरधनीहरूका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ। कम्पनीको मिति २०८२/०२/२९ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग (सीडीएससी) मा सूचिकृत तथा दर्ता भई अभौतिक (डिम्याट) रूपमा कारोबार हुने व्यवस्था भइसकेको छ।

    कम्पनीले मिति २०८२/०२/२१ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरूको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिसकेको जानकारी दिएको छ। सो मिति पश्चात् अभौतिकीकरण गराएका शेयरधनीहरूको हकमा पनि क्रमशः बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा, हालसम्म पनि भौतिक रूपमा शेयर राखेका शेयरधनीहरूले तत्काल आफ्नो शेयर अभौतिकीकरण गराई बोनस शेयर समेत हितग्राही खातामार्फत प्राप्त गर्न सक्ने व्यहोरा कम्पनीले जनाएको छ।

    यसैगरी, मिति २०८२/०२/२१ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूको हकमा, बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का (Freeze) जनाई शेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ। यस अवस्थामा रहेका शेयरधनीहरूलाई कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी शेयर फुकुवा (Unfreeze) गर्न कम्पनीले अनुरोध गरेको छ।

    पुनश्च, २०८२/०२/२१ पछि रोक्का राखिएका शेयरधनीहरूको बोनस शेयर भने शेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने भएकाले सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई उक्त शेयरधनीहरूको शेयर रोक्कामा रहे वा नरहेको यकिन गरी, रोक्का राख्नुपर्ने भए बोनस शेयर समेत रोक्कामा राख्ने तर्फ आवश्यक पहलकदमी गर्न कम्पनीले यसै सूचनामार्फत अनुरोध गरेको छ। कम्पनीको शेयर रजिष्ट्रारको कार्य आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गरिरहेको छ।

    NLG Insurance Company Limited has announced that the 2.50% bonus shares approved by its 19th Annual General Meeting on May 12, 2025 (Bhadra 29, 2082), have been listed and registered with NEPSE and CDS and Clearing Ltd., making them tradable in dematerialized (DEMAT) form. The company has urged shareholders to dematerialize their physical shares immediately.

    The company confirmed that bonus shares for shareholders who had dematerialized their physical certificates by May 4, 2025 (Bhadra 21, 2082), have already been credited to their respective DEMAT accounts. Shareholders who dematerialized their shares after that date will have their bonus shares deposited subsequently. The company strongly advises all shareholders who have not yet dematerialized their shares to do so promptly to ensure their bonus shares are also deposited into their DEMAT accounts.

    The notice also provides a critical update regarding shares pledged for loans. For shares that were pledged as collateral for loans prior to May 4, 2025 (Bhadra 21, 2082), the corresponding bonus shares have been frozen (marked as collateral) in the shareholder’s DEMAT account under the name of the respective bank or financial institution. Shareholders are requested to contact their lending institution to unfreeze these shares upon repayment of the loan.

    Conversely, for shareholders whose shares were pledged after May 4, 2025, the bonus shares have been deposited into the shareholder's DEMAT account without being frozen. Therefore, the company has specifically requested the concerned banks and financial institutions to verify whether the shareholder's original shares are still under lien and, if required, to take necessary action to ensure the bonus shares are also placed under lock-in or lien, as mandated by the loan agreement.

    The company's share registrar is RBB Merchant Banking Limited.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026