
एनएलजी इन्स्योरेन्स : ३५ दिनभित्र बीमादाबी फछ्र्यौट गर्न सूचना जारीNLG Insurance Issues Notice for Claim Settlement Within 35 Days
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड ले २०८२ चैत मसान्तसम्म परेका बीमादाबी फछ्र्यौटका लागि सम्बन्धित बीमितहरूलाई ३५ दिनभित्र आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरेको छ।
कम्पनीका अनुसार हालसम्म सर्भेयर वा कम्पनीमा आवश्यक कागजात नपुगेका वा सम्पर्कमा नआएका दाबी फाइलहरू समयभित्र प्रक्रिया अघि नबढे बन्द गरिनेछ।
बीमितहरूले सम्बन्धित कागजातसहित कम्पनी वा सर्भेयरसँग सम्पर्क गर्न सक्ने र विस्तृत विवरण कम्पनीको वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ।
NLG Insurance Company Limited has issued a notice requesting policyholders to complete the insurance claim settlement process within 35 days for claims submitted up to the end of Chaitra 2082.
According to the company, several claims have not yet been processed due to missing documents or lack of contact with surveyors or the insurer. Claimants are urged to submit the required documents and coordinate with the company or concerned surveyors within the given deadline.
The insurer warned that claim files will be closed if applicants fail to respond within the stipulated time. Detailed information regarding the pending claims can be viewed on the company’s official website.




