·

८ अर्ब बराबरको हरित वण्ड ल्याउँदै एनएमबि बैंक

Author

Nepse trading

८ अर्ब बराबरको हरित वण्ड ल्याउँदै एनएमबि बैंक

एनएमबि बैंकले नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड (झण्डै ८ अर्ब रुपैयाँ) बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड (Green Bond) जारी गर्ने तयारी गरेको छ। यसका लागि बैंकले अन्तर्राष्ट्रिय निकायहरू IFC, BII र MetLife सँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो।

उक्त वण्डबाट उठेको रकम सौर्य उर्जा, बायोमास, विद्युतीय सवारी, हरित भवन लगायत नवीकरणीय उर्जा परियोजनामा लगानी गरिनेछ। यसले जलवायु परियोजनामा संलग्न उद्यमहरूलाई वित्तीय पहुँच सहज गराउने र ऊर्जा क्षेत्रको विकासमा टेवा पुर्‍याउने बैंकको दाबी छ।

बैंकका अध्यक्ष मनोज गोयलले यो पहलले नवीकरणीय उर्जा क्षेत्रमा “पारिवर्तनकारी फड्को” ल्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, विदेशी पूँजी भित्र्याएर पर्यावरणीय असर न्यूनीकरणमा समेत योगदान पुग्ने उहाँको भनाइ छ।

हरित वण्ड (Green Bond) के हो?

हरित वण्ड भनेको वातावरणमैत्री परियोजनामा लगानी जुटाउन जारी गरिने ऋणपत्र हो। यसबाट संकलित रकम नवीकरणीय उर्जा, जलवायु परिवर्तन न्यूनीकरण, हरित पूर्वाधार जस्ता परियोजनामा खर्च गरिन्छ।

Related News