एनएमबी बैंकले पुस २४ गते साधारण सभा बोलायो, पुस ९ गते बुक क्लोजर
Author
NEPSE TRADING

काठमाडौं — एनएमबी बैंक लिमिटेडले ३०औँ वार्षिक साधारण सभा (एजीएम) आगामी पुस २४ गते आयोजना गर्ने भएको छ । बैंकले साधारण सभाका लागि बुक क्लोजर मिति पुस ९ गते तोकेको छ ।
बैंकको मंसिर ५ गते बसेको सञ्चालक समिति (४९९औँ) बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश अन्तर्गत हाल कायम १८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पुँजीको आधारमा ५ प्रतिशत बोनस सेयर (९१ करोड ८३ लाख रुपैयाँ) र कर सहित ५ प्रतिशत नगद लाभांश (९१ करोड ८३ लाख रुपैयाँ) वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गरिनेछ ।
बुक क्लोजर मिति पुस ९ गते भएकाले सो मितिभन्दा अघिसम्म नेप्सेमा सेयर खरिद गरी नामसारी भएका शेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन पाउने बैंकले जनाएको छ ।


