एनएमबि बैंकले आफ्नो संस्थापक समूहका सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहतर्फको १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रीमा राखेको हो।
बैंकले जानकारी दिएअनुसार उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी कबोल गरेर आवेदन दिनुपर्नेछ।
सेयर खरिद गर्नका लागि लगानीकर्ताले मंसिर २३ गतेसम्म आवेदन दिनुपर्नेछ। बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
उक्त सेयर बिक्री प्रक्रिया एनएमबि क्यापिटलले व्यवस्थापन गरेको छ।





