NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Non-Banking Assets and Loan Write-Offs Surge in BFIs
    बैंक तथा वित्तीय संस्थामा गैर-बैंकिङ सम्पत्ति र कर्जा अपलेखन दोब्बरले बढ्यो
    Investor
    1 min read
    Published on August 24, 2025
    NEPSE TRADING

    बैंक तथा वित्तीय संस्थामा गैर-बैंकिङ सम्पत्ति र कर्जा अपलेखन दोब्बरले बढ्योNon-Banking Assets and Loan Write-Offs Surge in BFIs

    आर्थिक गतिविधिमा आएको सुस्ततालाई कारण देखाउँदै बैंक तथा वित्तीय संस्थामा गैर-बैंकिङ सम्पत्ति (NBA) र कर्जा अपलेखन (Write-off) तीव्र गतिमा बढेको छ। पछिल्लो एक वर्षमै गैर-बैंकिङ सम्पत्ति ४२ प्रतिशतले बढ्दा, कर्जा अपलेखन भने ११६ प्रतिशतले उक्लिएको छ।

    नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार गत आर्थिक वर्षको अन्त्यसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी मिलाएर कुल गैर-बैंकिङ सम्पत्ति ५० अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो ३५ अर्ब ५० करोड मात्र थियो। यसरी एक वर्षमै १५ अर्बभन्दा बढीको थप गैर-बैंकिङ सम्पत्ति देखिएको हो। वाणिज्य बैंकको मात्रै गैर-बैंकिङ सम्पत्ति ४२ अर्ब ७७ करोड रुपैयाँ नाघेको छ।

    त्यसैगरी, गत वर्षको अन्त्यसम्म कर्जा अपलेखन ८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोब्बर बढी हो। वाणिज्य बैंकहरुले सबैभन्दा ठूलो परिमाणमा ८ अर्ब २४ करोड रुपैयाँ बराबरको कर्जा अपलेखन गरेका छन्।

    विशेषगरी कोभिड–१९ कालमा दिइएका सहुलियत हटेपछि ऋणीहरुको आम्दानी घट्दै गयो र किस्ता तिर्न नसक्ने अवस्था बढ्यो। परिणामस्वरूप, कर्जा असुलीमा कठिनाइ बढ्दै गएपछि बैंकहरुले धितो लिलामी गरेर पनि बिक्री गर्न नसकेको अवस्थामा आफ्नै नाममा सकार गर्न थालेका छन्। यसरी प्राप्त सम्पत्तिलाई गैर-बैंकिङ सम्पत्ति भनिन्छ।

    बैंकहरुले यसलाई बिक्री गर्न नसक्दा नाफा–लाभांशमा नकारात्मक असर परेको छ। शेयरधनीहरुको प्रतिफलमा समेत प्रभाव पर्न थालेपछि सरकारलाई सम्पत्ति व्यवस्थापन कम्पनी (AMC) स्थापना गरेर समस्या समाधान गर्न सुझाव दिइएको छ। गत मौद्रिक नीति र बजेटमा पनि AMC स्थापना गर्ने घोषणा गरिएको छ, जसले गैर-बैंकिङ सम्पत्ति व्यवस्थापनलाई सहज बनाउन सक्ने अपेक्षा गरिएको छ।

    वित्तीय विश्लेषकहरुका अनुसार गैर-बैंकिङ सम्पत्ति र कर्जा अपलेखन बढ्नु बैंकिङ प्रणालीकै स्वास्थ्यका लागि चुनौती बनेको छ। यदि प्रभावकारी व्यवस्थापन गर्न सकिएन भने यसको दीर्घकालीन असर लगानी वातावरण र शेयर बजार दुवैमा देखिने सम्भावना छ।

    Non-banking assets (NBA) and loan write-offs in banks and financial institutions (BFIs) have surged sharply as sluggish economic activities weakened borrowers’ repayment capacity. In the last fiscal year alone, NBAs rose by 42%, while loan write-offs jumped by 116%.

    According to Nepal Rastra Bank data, by the end of the last fiscal year, the combined NBAs of commercial banks, development banks, and finance companies reached NPR 50.55 billion, up from NPR 35.50 billion a year earlier — an increase of more than NPR 15 billion. Commercial banks alone hold NBAs worth NPR 42.77 billion.

    Similarly, total loan write-offs stood at NPR 8.70 billion, more than double compared to the previous year. Commercial banks accounted for the bulk of this figure, writing off loans worth NPR 8.24 billion.

    The removal of COVID-era relief measures has worsened repayment issues, as borrowers’ incomes declined, making it difficult to meet installment payments. Even though banks attempted to auction collateral, weak real estate demand meant properties could not be sold, forcing banks to absorb collateral themselves — which then gets recorded as NBAs.

    Since such assets are difficult to liquidate, they directly hurt banks’ profitability and reduce dividend payouts to shareholders. To address the growing stress, the government has proposed establishing an Asset Management Company (AMC) to manage NBAs, a plan included in both the last monetary policy and the current fiscal year’s budget.

    Financial analysts warn that the rapid rise in NBAs and loan write-offs has become a serious challenge to the stability of the banking system. Without effective management, the problem could have long-term consequences for both the investment climate and the stock market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026