
नर्भिक हस्पिटलको आईपीओ प्रक्रिया अघि बढ्यो, बुक बिल्डिङमार्फत मूल्य निर्धारण हुनेNorvic Hospital Moves Ahead with Book Building IPO Process
नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर निष्काशन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर सेयर सार्वजनिक निष्काशनका लागि तयारी थालेसँगै संस्थागत लगानीकर्तामाझ प्रारम्भिक चरणको प्रक्रिया सुरु गरिएको हो।
यसअन्तर्गत कुल २० लाख ४१ हजार २०० कित्ता सेयरमध्ये ४० प्रतिशत अर्थात् ८ लाख १६ हजार ४८० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ। बाँकी सेयर भने पछि सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिनेछ, जसको मूल्य निर्धारण बुक बिल्डिङ प्रक्रियाबाट हुने छ।
कम्पनीले यसअघि वैशाख ११ गते काठमाडौंस्थित म्यारियट होटलमा ‘रोड शो’ कार्यक्रम आयोजना गरी संस्थागत लगानीकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गरिसकेको छ। सो अवसरमा कम्पनीको वित्तीय अवस्था, विस्तार योजना तथा लगानीको सम्भावनाबारे जानकारी प्रस्तुत गरिएको थियो, जसले लगानीकर्ताको चासो आकर्षित गर्ने अपेक्षा गरिएको छ।
बुक बिल्डिङ निर्देशिका अनुसार इच्छुक संस्थागत लगानीकर्ताले गोप्य शिलबन्दी आशयपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। आशयपत्र बुझाउने अन्तिम मिति २०८३ वैशाख २१ गते साँझ ५ बजेसम्म तोकिएको छ भने ती प्रस्तावहरू वैशाख २२ गते साँझ ५ बजे नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालयमा खोलिने कार्यक्रम रहेको छ।
यस आईपीओ निष्काशनको धितोपत्र बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हालेको छ। संस्थागत लगानीकर्ताबाट प्राप्त प्रस्तावका आधारमा सेयरको ‘कटअफ मूल्य’ निर्धारण गरिनेछ, जुन मूल्यले कम्पनीको वास्तविक बजार मूल्याङ्कन झल्काउने अपेक्षा गरिएको छ।
कटअफ मूल्य तय भएपछि सोही आधारमा सर्वसाधारणका लागि सेयर निष्काशन गरिनेछ। बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण हुने भएकाले यसले पारदर्शिता बढाउने र बजारको मागअनुसार मूल्य तय गर्ने विश्वास गरिएको छ। नर्भिक हस्पिटलको यो कदमसँगै स्वास्थ्य क्षेत्रका ठूला कम्पनीहरू पनि पूँजी बजारमार्फत विस्तारतर्फ उन्मुख भएको संकेत देखिएको छ।
Norvic International Hospital and Medical College Limited has formally initiated the process of issuing ordinary shares through the book building method. The company has begun the early-stage procedures targeting institutional investors as part of its plan to float shares equivalent to 20 percent of its issued capital.
Out of the total 2,041,200 shares to be issued, 40 percent—amounting to 816,480 shares—has been allocated for qualified institutional investors. The remaining portion will later be offered to the general public, with the final price to be determined through the book building mechanism.
As part of the process, the hospital has already conducted a roadshow program on Baisakh 11 at Kathmandu Marriott Hotel. During the event, the company presented its financial performance, expansion plans, and investment prospects, aiming to attract interest from institutional investors.
According to the book building guidelines, interested institutional investors are required to submit their sealed expressions of interest (EOIs). The deadline for submission has been set for Baisakh 21, 2083, by 5 PM, while the opening of bids is scheduled for Baisakh 22 at 5 PM at the Nepal Stock Exchange (NEPSE) office.
Laxmi Sunrise Capital Limited has been appointed as the issue and sales manager for this IPO. Based on the bids received from institutional investors, a “cut-off price” will be determined, which will reflect the fair market valuation of the shares.
Once the cut-off price is finalized, the company will proceed with issuing shares to the general public. The book building method is expected to enhance transparency and ensure that share pricing is driven by actual market demand. Norvic Hospital’s move also signals a growing trend of large healthcare institutions turning to the capital market for expansion and growth.




