
१० अर्ब बराबरको विकास ऋणपत्र बिक्री हुनेNPR 10 Billion Development Bond to Be Issued
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। कार्यालयका अनुसार ३ वर्षे अवधिको ‘विकास ऋणपत्र–२०८५’ बोलकबोलमार्फत बिक्री गरिनेछ।
बोलपत्र भदौ ११ गते (भोलि) बोलकबोलमार्फत बिक्री गरी भदौ १२ गते निष्कासन गरिने कार्यालयले जनाएको छ।
यस विकास ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
The Public Debt Management Office is set to issue development bonds worth NPR 10 billion. According to the office, a 3-year “Development Bond–2085” will be sold through auction.
The auction will take place on Bhadra 11 (tomorrow), and the bonds will be issued on Bhadra 12.
Banks and financial institutions, non-banking financial institutions, insurance companies, as well as Nepali citizens will be eligible to participate in the auction.




