NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NRB Cuts Risk Weight on MSME Loans to Boost Productive Sector Investment
    एमएसएमई कर्जामा राष्ट्र बैंकको ठूलो नीतिगत परिवर्तन — जोखिम भार घट्दा साना उद्यमीलाई राहत
    Investor
    1 min read
    Published on April 6, 2026
    NEPSE trading

    एमएसएमई कर्जामा राष्ट्र बैंकको ठूलो नीतिगत परिवर्तन — जोखिम भार घट्दा साना उद्यमीलाई राहतNRB Cuts Risk Weight on MSME Loans to Boost Productive Sector Investment

    काठमाडौं। नेपाल राष्ट्र बैंक ले सरकारको ‘सय दिने कार्ययोजना’ कार्यान्वयन गर्दै साना तथा मझौला उद्योग (एमएसएमई) क्षेत्रमा प्रवाह हुने कर्जाको नीतिमा महत्वपूर्ण परिमार्जन गरेको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै कृषि, सूचना प्रविधि (आईटी) तथा उत्पादनमूलक उद्योगमा जाने ३ करोड रुपैयाँसम्मका कर्जामा जोखिम भार घटाएर ६० प्रतिशत कायम गरेको हो।यसअघि ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’अन्तर्गत पर्ने साढे २ करोड रुपैयाँसम्मका कर्जामा ७५ प्रतिशतदेखि १०० प्रतिशतसम्म जोखिम भार लाग्ने व्यवस्था थियो। उच्च जोखिम भारका कारण बैंक तथा वित्तीय संस्थाहरूले थप पुँजी कोष व्यवस्थापन गर्नुपर्ने दबाब थियो। नयाँ व्यवस्थासँगै उक्त दबाब कम हुने र बैंकहरूले उत्पादनशील तथा साना उद्यमी क्षेत्रमा थप कर्जा प्रवाह गर्न सक्ने अपेक्षा गरिएको छ।राष्ट्र बैंकले सहुलियतपूर्ण जोखिम भारको सुविधा लिनका लागि केही अनिवार्य मापदण्ड पनि तोकेको छ। कर्जा लिइएको आयोजना वा परियोजनाको बीमा गरिएको हुनुपर्ने, कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सुरक्षित गरिएको हुनुपर्ने वा धितो राखिएको घर–जग्गामा कम्तीमा २५ प्रतिशत मार्जिन कायम गरिएको हुनुपर्ने व्यवस्था गरिएको छ। यीमध्ये कुनै एक सर्त पूरा भएका ३ करोड रुपैयाँसम्मका कर्जाले मात्र ६० प्रतिशत जोखिम भारको सुविधा पाउनेछन्।यो नीतिगत परिवर्तनबाट विशेष गरी कृषिजन्य उद्योग, सूचना प्रविधिमा आधारित सेवा (जस्तै सफ्टवेयर विकास) तथा स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। परियोजना बीमा गरिएका कर्जामा समेत जोखिम भार ६० प्रतिशत कायम गरिएकोले परियोजना सुरक्षासँगै कर्जा विस्तारमा थप टेवा पुग्ने विश्वास गरिएको छ।सरकारको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअनुसार कृषि, आईटी र एमएसएमई क्षेत्रमा कर्जाको जोखिम भार घटाउने उल्लेख गरिएको थियो। सोही कार्यसूचीअनुसार राष्ट्र बैंकले निर्देशन संशोधन गरी नयाँ व्यवस्था लागू गरेको हो। राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल का अनुसार जोखिम भार कटौतीले बैंकहरूको पुँजी व्यवस्थापनमा उल्लेख्य राहत पुग्नेछ र उत्पादनशील क्षेत्रमा लगानी विस्तार हुँदै अर्थतन्त्रमा देखिएको सुस्तता हटाउन सहयोग पुग्नेछ।साथै, यस कदमले साना व्यवसायीहरूलाई सहज वित्तीय पहुँच उपलब्ध गराउँदै स्थानीय तहमा रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्यमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
    Kathmandu. The Nepal Rastra Bank has introduced a major policy reform targeting micro, small, and medium enterprises (MSMEs), in line with the government’s 100-day reform agenda. The central bank has amended its unified directive, reducing the risk weight to 60% for loans up to NPR 30 million extended to agriculture, information technology (IT), and productive industries.Previously, loans of up to NPR 25 million categorized under the “Regulatory Retail Portfolio” carried a risk weight ranging from 75% to 100%. The higher risk weight had placed pressure on banks and financial institutions to maintain additional capital reserves. With the revised provision, this pressure is expected to ease, enabling banks to expand lending to small businesses and productive sectors.To qualify for the concessional 60% risk weight, NRB has set specific eligibility criteria. The loan must meet at least one of the following conditions: the project must be insured, the loan must be secured through deposit and credit guarantee funds, or the collateralized property must maintain at least a 25% margin below its prevailing market value.This policy change is expected to directly benefit agro-based industries, IT-driven services such as software development, and manufacturing sectors reliant on local raw materials. Additionally, loans up to NPR 30 million with project insurance will also qualify for the reduced risk weight, further encouraging secured lending and credit expansion.The decision stems from the government’s 100-day governance reform plan, which emphasized lowering risk weights in agriculture, IT, and MSME sectors. Following this directive, NRB formally implemented the changes through a revised instruction.According to Ramu Paudel, Executive Director at NRB, the reduction in risk weight will provide significant relief in capital management for banks. He noted that the move is expected to stimulate investment in productive sectors, support domestic production, and help revive the slowing economy.The policy is also anticipated to improve financial access for small entrepreneurs and contribute to job creation at the local level.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026